News Portal

रेडियो सुन्नुहोस्

दुर्गम विद्यालयमा प्राबिधिक शैक्षिक सामाग्री हस्तान्तरण

झुलेनी नेटवर्क२०८० मंसिर १०
८९६ पटक
२०८० मंसिर १०

नेपाल जेसुईट सामाजिक संथाले प्यूठानको दुर्गम बस्तिमा रहेको सामुदायिक विद्यालयमा ग्रामिण शैक्षिक शुधार कार्यक्रम अन्तरगत प्राबिधिक शैक्षिक सामाग्री जडान गर्न सुरु गरेको छ । आईतवार स्वर्गद्वारी नगरपालिकाकै दुर्गम बस्तिमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ खलधारामा एक कार्यक्रमका बिच संथाका निर्देशक फादर रोयले नगरप्रमुख टेक प्रसाद भन्डारीलाई सामाग्री हस्तान्तरण गरेका हुन् । संस्थाले टेलिभिजन, ट्यापलेट र इन्टरनेट उपलब्ध गराएको वडाध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए ।


नगर प्रमुख टेक प्रसाद भन्डारीले अहिलेको टेक्नोलोजी अनुसार बालबालिकालाई प्रबिधि संग जोड्न शिक्षकहरुलाई प्राबिधिक शिक्षा सम्बन्धि तालिमको आवश्यक रहेको हुँदा संथाले सामाग्री जडान संगै तालिम दिनुपर्ने बताए ।

कक्षा नर्सरी देखि ८ सम्म संचालन भएको उक्त विद्यालयमा कक्षाकोठा प्रयाप्त नहुँदा विद्यार्थीलाई खुल्ला आकाशमा अध्यापन गराउन बाध्य भएको विद्यालयका प्रधानाध्यापक डेम प्रसाद उपाध्यक्षले जानकारी गराए। विद्यालयमा झन्डै १ सय २० जना बालबालिका अध्ययनरत छन् । सो विद्यालयमा हाल ८ जना शिक्षक छौ, ‘प्रधानाध्यापक उपाध्ययले भने, तर पनि नगरपालिका स्तरिय परीक्षामा नगरपालिकाकै प्रथम स्थान हासिल गर्न सफल भएका छौ । विद्यार्थीलाई निशुल्क अतिरिक्त कक्षा सन्चालन गरी पढाउछौ ।’

वडा अध्यक्ष गिरबहादुर घर्ती मगरले संस्थालाई धन्यवाद दिदै अभिभावकहरुलाई बिलासि सामाग्री र घर घडेरीमा लगानी नगरी प्रमुख सम्पति भनेकै बालबालिका रहेको बताउँदै अध्यक्ष घर्तिले आफ्ना छोराछोरीको पढाईमा लगानि गर्न आग्रह गरे । अहिलेको समय बालबच्चालाई राम्रो अवसरको लागि आफ्नो अभिभावकको महत्वपूर्ण हात रहेकाले त्यता ध्यानाकर्षण गराएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...