News Portal

रेडियो सुन्नुहोस्

“शहरी जीवन भन्दा गाँउले जीवन ठिक” बिषयक वादविवाद प्रतियोगिता सम्पन्न

राम प्रसाद सुवेदी२०८० मंसिर १३
९८७ पटक
२०८० मंसिर १३

लुप्लुङ्ग माध्यामिक विद्यालयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा रहेको नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलद्वारा “शहरी जीवन भन्दा गाँउले जीवन ठिक” भन्ने बिषयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको शिक्षक कुमार भण्डारीले जानकारी दिए ।
नौबहिनी गाउँपालिकाको माध्यामिक तह स्तरिय प्रतियोगितामा ७ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम गावै माध्यामिक विद्यालयकी छात्रा कुमारी खडका, द्वितीय अन्धनाशक माध्यामिक विद्यालय लिघाकी छात्रा विरा विष्ट र लुप्लुङ्ग माध्यामिक विद्यालयका छात्र मदन रोका, तृतीय दुर्गा माध्यामिक विद्यालयका छात्र किरण गिरी र अम्विका माध्यमिक विद्यालयकी छात्रा मनिसा रसाइली भएका थिए ।

बिजेताहरुलाई क्रमश १ हजार ५ सय, १ हजार, र ७ सय रुपैयाँ नगदसहित प्रमाणपत्रले प्रदान गरिएको विद्यालयले जनाएको छ ।

फोटो : लुप्लुङ्ग मा.वि

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...