News Portal

रेडियो सुन्नुहोस्

“शहरी जीवन भन्दा गाँउले जीवन ठिक” बिषयक वादविवाद प्रतियोगिता सम्पन्न

राम प्रसाद सुवेदी२०८० मंसिर १३
८२८ पटक
२०८० मंसिर १३

लुप्लुङ्ग माध्यामिक विद्यालयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा रहेको नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलद्वारा “शहरी जीवन भन्दा गाँउले जीवन ठिक” भन्ने बिषयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको शिक्षक कुमार भण्डारीले जानकारी दिए ।
नौबहिनी गाउँपालिकाको माध्यामिक तह स्तरिय प्रतियोगितामा ७ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम गावै माध्यामिक विद्यालयकी छात्रा कुमारी खडका, द्वितीय अन्धनाशक माध्यामिक विद्यालय लिघाकी छात्रा विरा विष्ट र लुप्लुङ्ग माध्यामिक विद्यालयका छात्र मदन रोका, तृतीय दुर्गा माध्यामिक विद्यालयका छात्र किरण गिरी र अम्विका माध्यमिक विद्यालयकी छात्रा मनिसा रसाइली भएका थिए ।

बिजेताहरुलाई क्रमश १ हजार ५ सय, १ हजार, र ७ सय रुपैयाँ नगदसहित प्रमाणपत्रले प्रदान गरिएको विद्यालयले जनाएको छ ।

फोटो : लुप्लुङ्ग मा.वि

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...