News Portal

रेडियो सुन्नुहोस्

गौमुखि मिडिया सम्मेलन सार्थक हुन्छः गिरी

सिखबर संवाददाता३ मंसिर, प्यूठान
१५९० पटक
३ मंसिर, प्यूठान

गौमुखि गाँउपालीकाका अध्यक्ष विष्णुकुमार गिरीले गौमुखि मिडिया सम्मेलन सार्थक र दिर्घकालिन प्रभाव पर्नेगरि सम्पन्न गर्ने तयारी भैरहेको वताएका छन्।

सञ्चारमाध्यममा कुरा गर्दै अध्यक्ष गिरीले गौमुखि क्षेत्रको पर्यटन प्रवद्र्धन, प्रचारप्रशार र पर्यटकिय गन्तव्यको पहिचान संगसंगै पुर्वाधार निर्माणको निम्ति पनि गौमुखि मिडिया सम्मेलन महत्वपुर्ण हुने वताए।

नेपाल पत्रकार महासंघ प्यूठान र गौमुखि गाँउपालीकाको संयुक्त आयोजनामा आगामि १४ र १५ गते गौमुखि मिडिया सम्मेलन आयोजना गरिएको छ।

मिडिया सम्मेलनमा नेपाल सरकार पर्यटन मन्त्रालय, राष्टिय स्तरका मिडियाहरु, देशका विभिन्न स्थानमा क्रियासिल पत्रकार, जनप्रतिनिधी, पर्यटनसंग सम्वन्धित निजि व्यवसायि र स्थानिय समुदायको सहभागिता रहने नेपाल पत्रकार महासंघका अध्यक्ष महाविर रानाले वताए।

दुईदिने कार्यक्रममा आएका आगन्तुकहरु गौमुखि पुगेर अर्खाकै स्थानियको घरमा वस्नेछन्। कार्यक्रम अवधिभर अधिकतम स्थानिय उत्पादन प्रयोग गर्ने तयारी भईरहेको छ। भने पर्यटनको क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिले प्रस्तुत गर्ने कार्यपत्रमा छलफल हुने रानाले वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...