News Portal

रेडियो सुन्नुहोस्

जापानी राजदुतद्धारा बेसार प्रशोधन केन्द्रको उद्घाटन

हरि प्रसाद भण्डारी२०८० पुष ३
१७५ पटक
२०८० पुष ३

प्युठान नगरपालिका वडा नम्बर ८ को गेजवाङमा बेसार प्रशोधन केन्द्र स्थापना भएको छ । जापान सरकारको आर्थिक सहयोगमा केन्द्र स्थापना गरिएको प्रशोधनको उद्घाटन गर्दै नेपालका लागि जापानी राजदुत किकुता युटुकाले परियोजना सफल भएकोमा खुशी व्यक्त गरे ।

वडाका करिव ५ सय ५० घरधुरीले बिशादी प्रयोग नगरिएको बेसारको धुलो बनाएर बिक्री गर्न सके राम्रो मुल्य पाउने बताए । जापान सरकारले सामाजिक–आर्थिक बिकासका लागि भोल नेपाल अन्तर्गत करीब १ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । केन्द्रबाट गुणस्तरीय उत्पादन र राम्रो मुल्य पाउने राजदुत युटुकाको बिश्वास छ । यस्ता कार्यले नेपाल र जापन बीचको सम्बन्ध अझ प्रगाढ हुने पनि बतााए ।
कार्यक्रममा भोल नेपालका शिव रिमालले बेसार खेतीका लागि स्थानीयले देखाएको उत्साहको प्रशंसा गरेका छन् ।

नगरपालिकाका उप–प्रमुख देवेन्द्र वर्माले अर्गानिक र ब्याबसायिक उत्पादन गर्न सहयोग पुग्ने बिश्वास लिएका छन् । उनले नगरवासीको आर्थिक बिकासका लागि कोशेढुङा सावित हुने पनि बताए । धर्मावती महिला बचत तथा ऋण सहकारीका अध्यक्ष पबित्रा जिसीले सहकारीका महिला, महिला उद्यमीको आयआर्जन बढाउन केन्द्रले सहयोग गर्नुपर्ने माग गरेका छन् ।

फ्रान्सका पुर्व राजदुत मोहन कृष्ण श्रेष्ठले जापान सरकार र नेपालबीच ६७ वर्षको मित्रता रहेको भन्दै जापान सरकारले नेपालको बिकासमा धेरै सहयोग गरेको र आगामी दिनमा पनि यस्तै सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए । नगरप्रमुख बिष्णु बहादुर योगीले केन्द्रको नियमित संचालन र दिगोपना दिने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमको संचालन वडा सचिब कृष्ण थापाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

झिमरुक फाँटमा फेरियो धानको बिउ, नयाँ जात किसानको रोजाइ

प्यूठानको झिमरुक फाँटमा यतिवेला धानको बिउ राख्न किसानलाई भ्याइनभ्याइ छ । गहुँबाली भित्र्याइसकेपछि किसान धान...

दलित मुक्तिको बिषयमा बैचारीकधार विषयक कार्यशाला गोष्टि जुम्रीमा सम्पन्न

नेपाली राज्यसत्ताको वर्गिय जातीय चरित्र र मुक्तिको बैचारीकधार विषयक एकदिने कार्यशाला गोष्ठि आज जुम्रीमा सम्पन्न...

सरुमारानीले दियो किसानको लागि मकैको बिउ रोप्ने ज्याक प्लान्ट उपकरण

सरूमारानी गापा ४ मा रहेको ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाका ५५ जना सदस्य तथा...

किसानको गोठमै पुगेर बाँझोपन भएका गाई भैंसीलाई सुई

गाई भैैसीमा बाँझोपन निवारण गर्नको लागि डोर टु डोर कार्यक्रम प्यूठानमा सञ्चालन भएको छ ।...

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ परेका छन् । यो सँगै पक्राउ पर्नेको संख्या...