News Portal

रेडियो सुन्नुहोस्

जापानी राजदुतद्धारा बेसार प्रशोधन केन्द्रको उद्घाटन

हरि प्रसाद भण्डारी२०८० पुष ३
७०८ पटक
२०८० पुष ३

प्युठान नगरपालिका वडा नम्बर ८ को गेजवाङमा बेसार प्रशोधन केन्द्र स्थापना भएको छ । जापान सरकारको आर्थिक सहयोगमा केन्द्र स्थापना गरिएको प्रशोधनको उद्घाटन गर्दै नेपालका लागि जापानी राजदुत किकुता युटुकाले परियोजना सफल भएकोमा खुशी व्यक्त गरे ।

वडाका करिव ५ सय ५० घरधुरीले बिशादी प्रयोग नगरिएको बेसारको धुलो बनाएर बिक्री गर्न सके राम्रो मुल्य पाउने बताए । जापान सरकारले सामाजिक–आर्थिक बिकासका लागि भोल नेपाल अन्तर्गत करीब १ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । केन्द्रबाट गुणस्तरीय उत्पादन र राम्रो मुल्य पाउने राजदुत युटुकाको बिश्वास छ । यस्ता कार्यले नेपाल र जापन बीचको सम्बन्ध अझ प्रगाढ हुने पनि बतााए ।
कार्यक्रममा भोल नेपालका शिव रिमालले बेसार खेतीका लागि स्थानीयले देखाएको उत्साहको प्रशंसा गरेका छन् ।

नगरपालिकाका उप–प्रमुख देवेन्द्र वर्माले अर्गानिक र ब्याबसायिक उत्पादन गर्न सहयोग पुग्ने बिश्वास लिएका छन् । उनले नगरवासीको आर्थिक बिकासका लागि कोशेढुङा सावित हुने पनि बताए । धर्मावती महिला बचत तथा ऋण सहकारीका अध्यक्ष पबित्रा जिसीले सहकारीका महिला, महिला उद्यमीको आयआर्जन बढाउन केन्द्रले सहयोग गर्नुपर्ने माग गरेका छन् ।

फ्रान्सका पुर्व राजदुत मोहन कृष्ण श्रेष्ठले जापान सरकार र नेपालबीच ६७ वर्षको मित्रता रहेको भन्दै जापान सरकारले नेपालको बिकासमा धेरै सहयोग गरेको र आगामी दिनमा पनि यस्तै सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए । नगरप्रमुख बिष्णु बहादुर योगीले केन्द्रको नियमित संचालन र दिगोपना दिने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमको संचालन वडा सचिब कृष्ण थापाले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...