News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा “परियोजना अनुगमन तथा समन्वय समिति” को बैठक सम्पन्न

बिबश जि.एम२०८० पुस १२
४२८ पटक
२०८० पुस १२

सरुमारानी गाउँपालिकामा “परियोजना अनुगमन तथा समन्वय समिति” को बैठक सम्पन्न भएको छ । विहिबारको बैठकमा गाउँपालिका र हेफर प्रोजेक्टले सयूक्त रुपमा काम गर्ने सम्झौताको कार्यन्वयनका बिषयमा छलफल भएको सरुमारानी गाउँपालिका प्रवक्ता तथा ४ नं वडाका वडाध्यक्ष चिन्ता सोमै मगरले जानकारी दिए । यस साझेदारी कार्यक्रमले गाउँपालिका भित्र रहेका कृषि तथा पशुपालन गर्दै आएका किसानहरुलाई सहजिकरण गर्ने बताईएको छ ।

कृषि तथा पशु कार्यक्रमका लागि चालु आर्थिक बर्ष २०८०/०८१ मा गाउँपालिकाको ७० र हेफर प्रोजेक्टको तर्फबाट ३० प्रतिशत गरि ९९ लाख ५० हजार ८ सय ७७ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

“सरुमारानी कृषि तथा पशु उद्यमशिलता विकास परियोजना” अन्तर्गत पर्ने कार्यक्रमले कृषि तथा पशुपालनमा सुधार ल्याउने उदेश्य सहित हेफर प्रोजेक्ट नेपालका बोर्ड सदस्य आरती पौडेल र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकबीच गत मंसिर १३ गते सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माको अध्यक्षतामा सुरु भएको बैठकमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देबिराम पाठक, उपाध्यक्ष बसन्ता खड्का, हेफर प्रोजेक्टका बरिस्ठ कार्यक्रम अधिकृत महेश आचार्य, र सरुमारानी कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक बेदराज पाण्डे लगायतको सहभागिता थियो ।

फोटो : चिन्ता सोमै मगर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...