राष्ट्रिय सहकारी महासंघका सल्लाहकार रविन्द्र के.सीले देशको अर्थतन्त्र बलियो बनाउने मुख्य मेरुदण्ड कृषि भएको बताएका छन् । जिल्ला कृषि सहकारी संघ प्यूठानले जुम्रीमा आयोजना गरेको कृषिसँग सम्बन्धित सहकारीहरुका लागि जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै सल्लाहकार के.सी ले यस्तो बताएका हुन् । देशको अर्थतन्त्र माथि उकास्नुमा कृषिले महत्वपुर्ण भुमिका खेल्ने भएकाले कृषि क्षेत्रलाई सबै स्थानीय तहले प्राथमिकता दिन उनले आग्रह समेत गरेका छन् । कृषकहरुले उत्पादन गरेका बस्तुको उचित मुल्य नपाउँदा कृषकहरु पेशाबाट पछि हट्नु परेको बताउँदै उचित मुल्य निर्धारण गर्न आवश्यक रहेको के.सीको भनाई थियो ।कृषि क्रान्तिको लागि सबै किसान, कृषक तथा कृषि फर्महरु एकजुट भएर हातेमालो गर्न आवश्यक रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई प्यूठानका प्रमुख चुमान सिंह गिरीले बताए । जिल्लामा कुनै पनि कृषि सहकारी तथा कृषकहरुले उदाहरण दिने खालको कार्य नगरेको भन्दै उनले कृषि क्षेत्रमा उदाहरणिय किसिमको काम गर्न आग्रह गरे । पहाडी जिल्लामध्ये प्यूठान जिल्लालाई कृषिको क्रान्तिको रुपमा चिनाउन अहिले धान जोन अन्र्तगत धान खेती बढाउने लक्ष्य लिएको पनि प्रमुख गिरीको भनाई छ । कुनै पनि कृषकले उत्पादन गरेका बस्तु बजार नपाएमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले राज्यसँग पहल गर्न तयार रहेको समेत उनले बताए ।
त्यस्तै कार्यक्रममा कृषि बिकास बैंक बिजुवार शाखाका प्रमुख बुद्धि प्रकाश चौधरीले कृषि बिकास बैंकले ३५ प्रतिशत रकम कृषिमा लगानी गरेको बताए । कृषि बिकास बैंक यो स्थानसम्म आउनुमा कृषकको ठूलो भुमिका भएको भन्दै उनले कृषि क्षेत्रमा लगानी गर्न प्राथमिकता दिएको बताए । अरुलाई पनि जोड्ने र कृषिलाई नछोड्ने मुख्य एजेन्डा कृषि बिकास बैंकले लिएको बताउँदै उनले कृषकको लागि जस्तोसुकै सहयोग गर्न कृषि बिकास बैंक तयार रहेको बताए ।जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशिल पोख्रेलले सहकारीहरु विषयगत बस्तुमा मात्र रहेर काम गर्न सके कृषि क्रान्ति गर्न सकिने बताए । कृषि क्षेत्रका व्यक्तिलाई अरु क्षेत्रमा त्यति अनुभव र ज्ञान नहुने भन्दै अध्यक्ष पोख्रेलले जुन विषयगत हो त्यहीमा रहेर काम गर्न सके सबैको लागि राम्रो हुने धारणा व्यक्त गरेका छन् । कृषकले कृषिबाट राम्रो प्रतिफल प्राप्त गर्न उत्पादन क्षेत्र र बस्तुलाई पहिचान गरे सफल हुन सकिने उनको भनाई थियो ।जिल्ला कृषि सहकारी संघ प्यूठानका कार्यवाहक अध्यक्ष दिन बहादुर जि.सीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोज बहादुर बस्नेत, विभिन्न सहकारीसँग सम्बन्धित सहकारीका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
देशको अर्थतन्त्र बलियो बनाउने मुख्य आधार कृषि नै होः सल्लाहकार के.सी
२०८० पुस १६बिबश जि.एम
बिबश जि.एमइन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्यो
इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल...
खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण छ : लुम्बिनी प्रदेश सांसद शर्मा
लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका...
झिमरुक फाँटमा फेरियो धानको बिउ, नयाँ जात किसानको रोजाइ
प्यूठानको झिमरुक फाँटमा यतिवेला धानको बिउ राख्न किसानलाई भ्याइनभ्याइ छ । गहुँबाली भित्र्याइसकेपछि किसान धान...
दलित मुक्तिको बिषयमा बैचारीकधार विषयक कार्यशाला गोष्टि जुम्रीमा सम्पन्न
नेपाली राज्यसत्ताको वर्गिय जातीय चरित्र र मुक्तिको बैचारीकधार विषयक एकदिने कार्यशाला गोष्ठि आज जुम्रीमा सम्पन्न...
सरुमारानीले दियो किसानको लागि मकैको बिउ रोप्ने ज्याक प्लान्ट उपकरण
सरूमारानी गापा ४ मा रहेको ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाका ५५ जना सदस्य तथा...
- हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती
- प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन
- गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न
- जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो
- वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग
- स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण
- ८१ वर्षिय वृद्धलाई बिस्तारामै लगेर गए वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता
- आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ
- नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक बिजुवारमा सम्पन्न
- किसानको गोठमै पुगेर बाँझोपन भएका गाई भैंसीलाई सुई