News Portal

रेडियो सुन्नुहोस्

देशको अर्थतन्त्र बलियो बनाउने मुख्य आधार कृषि नै होः सल्लाहकार के.सी

२०८० पुस १६बिबश जि.एम
६५९ पटक
बिबश जि.एम

राष्ट्रिय सहकारी महासंघका सल्लाहकार रविन्द्र के.सीले देशको अर्थतन्त्र बलियो बनाउने मुख्य मेरुदण्ड कृषि भएको बताएका छन् । जिल्ला कृषि सहकारी संघ प्यूठानले जुम्रीमा आयोजना गरेको कृषिसँग सम्बन्धित सहकारीहरुका लागि जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै सल्लाहकार के.सी ले यस्तो बताएका हुन् । देशको अर्थतन्त्र माथि उकास्नुमा कृषिले महत्वपुर्ण भुमिका खेल्ने भएकाले कृषि क्षेत्रलाई सबै स्थानीय तहले प्राथमिकता दिन उनले आग्रह समेत गरेका छन् । कृषकहरुले उत्पादन गरेका बस्तुको उचित मुल्य नपाउँदा कृषकहरु पेशाबाट पछि हट्नु परेको बताउँदै उचित मुल्य निर्धारण गर्न आवश्यक रहेको के.सीको भनाई थियो ।कृषि क्रान्तिको लागि सबै किसान, कृषक तथा कृषि फर्महरु एकजुट भएर हातेमालो गर्न आवश्यक रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई प्यूठानका प्रमुख चुमान सिंह गिरीले बताए । जिल्लामा कुनै पनि कृषि सहकारी तथा कृषकहरुले उदाहरण दिने खालको कार्य नगरेको भन्दै उनले कृषि क्षेत्रमा उदाहरणिय किसिमको काम गर्न आग्रह गरे । पहाडी जिल्लामध्ये प्यूठान जिल्लालाई कृषिको क्रान्तिको रुपमा चिनाउन अहिले धान जोन अन्र्तगत धान खेती बढाउने लक्ष्य लिएको पनि प्रमुख गिरीको भनाई छ । कुनै पनि कृषकले उत्पादन गरेका बस्तु बजार नपाएमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले राज्यसँग पहल गर्न तयार रहेको समेत उनले बताए ।
त्यस्तै कार्यक्रममा कृषि बिकास बैंक बिजुवार शाखाका प्रमुख बुद्धि प्रकाश चौधरीले कृषि बिकास बैंकले ३५ प्रतिशत रकम कृषिमा लगानी गरेको बताए । कृषि बिकास बैंक यो स्थानसम्म आउनुमा कृषकको ठूलो भुमिका भएको भन्दै उनले कृषि क्षेत्रमा लगानी गर्न प्राथमिकता दिएको बताए । अरुलाई पनि जोड्ने र कृषिलाई नछोड्ने मुख्य एजेन्डा कृषि बिकास बैंकले लिएको बताउँदै उनले कृषकको लागि जस्तोसुकै सहयोग गर्न कृषि बिकास बैंक तयार रहेको बताए ।जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशिल पोख्रेलले सहकारीहरु विषयगत बस्तुमा मात्र रहेर काम गर्न सके कृषि क्रान्ति गर्न सकिने बताए । कृषि क्षेत्रका व्यक्तिलाई अरु क्षेत्रमा त्यति अनुभव र ज्ञान नहुने भन्दै अध्यक्ष पोख्रेलले जुन विषयगत हो त्यहीमा रहेर काम गर्न सके सबैको लागि राम्रो हुने धारणा व्यक्त गरेका छन् । कृषकले कृषिबाट राम्रो प्रतिफल प्राप्त गर्न उत्पादन क्षेत्र र बस्तुलाई पहिचान गरे सफल हुन सकिने उनको भनाई थियो ।जिल्ला कृषि सहकारी संघ प्यूठानका कार्यवाहक अध्यक्ष दिन बहादुर जि.सीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोज बहादुर बस्नेत, विभिन्न सहकारीसँग सम्बन्धित सहकारीका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...