News Portal

रेडियो सुन्नुहोस्

देशको अर्थतन्त्र बलियो बनाउने मुख्य आधार कृषि नै होः सल्लाहकार के.सी

२०८० पुस १६बिबश जि.एम
४३७ पटक
बिबश जि.एम

राष्ट्रिय सहकारी महासंघका सल्लाहकार रविन्द्र के.सीले देशको अर्थतन्त्र बलियो बनाउने मुख्य मेरुदण्ड कृषि भएको बताएका छन् । जिल्ला कृषि सहकारी संघ प्यूठानले जुम्रीमा आयोजना गरेको कृषिसँग सम्बन्धित सहकारीहरुका लागि जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै सल्लाहकार के.सी ले यस्तो बताएका हुन् । देशको अर्थतन्त्र माथि उकास्नुमा कृषिले महत्वपुर्ण भुमिका खेल्ने भएकाले कृषि क्षेत्रलाई सबै स्थानीय तहले प्राथमिकता दिन उनले आग्रह समेत गरेका छन् । कृषकहरुले उत्पादन गरेका बस्तुको उचित मुल्य नपाउँदा कृषकहरु पेशाबाट पछि हट्नु परेको बताउँदै उचित मुल्य निर्धारण गर्न आवश्यक रहेको के.सीको भनाई थियो ।कृषि क्रान्तिको लागि सबै किसान, कृषक तथा कृषि फर्महरु एकजुट भएर हातेमालो गर्न आवश्यक रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई प्यूठानका प्रमुख चुमान सिंह गिरीले बताए । जिल्लामा कुनै पनि कृषि सहकारी तथा कृषकहरुले उदाहरण दिने खालको कार्य नगरेको भन्दै उनले कृषि क्षेत्रमा उदाहरणिय किसिमको काम गर्न आग्रह गरे । पहाडी जिल्लामध्ये प्यूठान जिल्लालाई कृषिको क्रान्तिको रुपमा चिनाउन अहिले धान जोन अन्र्तगत धान खेती बढाउने लक्ष्य लिएको पनि प्रमुख गिरीको भनाई छ । कुनै पनि कृषकले उत्पादन गरेका बस्तु बजार नपाएमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले राज्यसँग पहल गर्न तयार रहेको समेत उनले बताए ।
त्यस्तै कार्यक्रममा कृषि बिकास बैंक बिजुवार शाखाका प्रमुख बुद्धि प्रकाश चौधरीले कृषि बिकास बैंकले ३५ प्रतिशत रकम कृषिमा लगानी गरेको बताए । कृषि बिकास बैंक यो स्थानसम्म आउनुमा कृषकको ठूलो भुमिका भएको भन्दै उनले कृषि क्षेत्रमा लगानी गर्न प्राथमिकता दिएको बताए । अरुलाई पनि जोड्ने र कृषिलाई नछोड्ने मुख्य एजेन्डा कृषि बिकास बैंकले लिएको बताउँदै उनले कृषकको लागि जस्तोसुकै सहयोग गर्न कृषि बिकास बैंक तयार रहेको बताए ।जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशिल पोख्रेलले सहकारीहरु विषयगत बस्तुमा मात्र रहेर काम गर्न सके कृषि क्रान्ति गर्न सकिने बताए । कृषि क्षेत्रका व्यक्तिलाई अरु क्षेत्रमा त्यति अनुभव र ज्ञान नहुने भन्दै अध्यक्ष पोख्रेलले जुन विषयगत हो त्यहीमा रहेर काम गर्न सके सबैको लागि राम्रो हुने धारणा व्यक्त गरेका छन् । कृषकले कृषिबाट राम्रो प्रतिफल प्राप्त गर्न उत्पादन क्षेत्र र बस्तुलाई पहिचान गरे सफल हुन सकिने उनको भनाई थियो ।जिल्ला कृषि सहकारी संघ प्यूठानका कार्यवाहक अध्यक्ष दिन बहादुर जि.सीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोज बहादुर बस्नेत, विभिन्न सहकारीसँग सम्बन्धित सहकारीका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...