News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा ९३ जना कैदिबन्दीहरुले विशेषज्ञ सेवा सहित स्वास्थ्य परिक्षण गराए

बोम बहादुर परियार२०८० पुुस २१
६५३ पटक
२०८० पुुस २१

प्युठान कारागारमा रहेका कैदिबन्दीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । शनिबार जिल्ला कारागार प्युठानमा रहेका ९३ जना कैदिबन्दीहरुको निसुल्क स्वास्थ्य परिक्षण गरिएको हो । प्युठान अस्पतालबाट बिशेसज्ञ डाक्टर सहितको टोली कारागारमै पुगेर कैदिहरुको स्वास्थ्य परिक्षण गरेको प्युठान अस्पतालले जनाएको छ ।

प्युठान अस्पतालबाट मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रमिला खनाल, एनेस्थेसियोलोजिष्ट डा. सुमन श्रेष्ठ, हाडजोर्नी तथा नसारोग बिशेषज्ञ डा. राजेन्द्र पौडेल, फिजिसीयन डा. गोविन्द रावत, डा. आमिर काफ्ले, डा.पौडेस शर्मा, डा. अकेश श्रेष्ठ लगायतको टिमद्धारा कैदिहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

उनिहरुको स्वास्थ्य परिक्षण गर्दा प्राय सुगर, प्रेसरका विरामी भेटिएको प्युठान अस्पतालका फिजिसीयन डा. गोविन्द रावतले वताए । प्युठान अस्पताल विकास समितीको आयोजनामा गरिएको एक दिने निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा ल्याव, इसीजी र भिडियो एक्सरे सेवा उपलब्ध गराएको उनले बताए ।

जहा ८५ जना पुरुष र ८ जना महिला गरि ९३ जना कैदिहरुले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । प्युठान अस्पताल विकास समितिको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सो कार्यक्रम सम्पन्न भएको थियो । कारागार कार्यालय प्युठान, जिल्ला प्रहरी कार्यालय प्युठान, जिल्ला प्रशासन कार्यालय प्युठान, प्राथमिक स्वास्थ्य उपचार केन्द्र खलंगाले सहजिकरण गरेको थियो ।

कारागार भित्रै थुनुवाहरुले विशेषज्ञ सेवा मार्फत स्वास्थ्य परिक्षण गराउन पाउदा कैदिबन्दीहरु उत्साहित थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...