News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा ९३ जना कैदिबन्दीहरुले विशेषज्ञ सेवा सहित स्वास्थ्य परिक्षण गराए

बोम बहादुर परियार२०८० पुुस २१
१००५ पटक
२०८० पुुस २१

प्युठान कारागारमा रहेका कैदिबन्दीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । शनिबार जिल्ला कारागार प्युठानमा रहेका ९३ जना कैदिबन्दीहरुको निसुल्क स्वास्थ्य परिक्षण गरिएको हो । प्युठान अस्पतालबाट बिशेसज्ञ डाक्टर सहितको टोली कारागारमै पुगेर कैदिहरुको स्वास्थ्य परिक्षण गरेको प्युठान अस्पतालले जनाएको छ ।

प्युठान अस्पतालबाट मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रमिला खनाल, एनेस्थेसियोलोजिष्ट डा. सुमन श्रेष्ठ, हाडजोर्नी तथा नसारोग बिशेषज्ञ डा. राजेन्द्र पौडेल, फिजिसीयन डा. गोविन्द रावत, डा. आमिर काफ्ले, डा.पौडेस शर्मा, डा. अकेश श्रेष्ठ लगायतको टिमद्धारा कैदिहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

उनिहरुको स्वास्थ्य परिक्षण गर्दा प्राय सुगर, प्रेसरका विरामी भेटिएको प्युठान अस्पतालका फिजिसीयन डा. गोविन्द रावतले वताए । प्युठान अस्पताल विकास समितीको आयोजनामा गरिएको एक दिने निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा ल्याव, इसीजी र भिडियो एक्सरे सेवा उपलब्ध गराएको उनले बताए ।

जहा ८५ जना पुरुष र ८ जना महिला गरि ९३ जना कैदिहरुले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । प्युठान अस्पताल विकास समितिको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सो कार्यक्रम सम्पन्न भएको थियो । कारागार कार्यालय प्युठान, जिल्ला प्रहरी कार्यालय प्युठान, जिल्ला प्रशासन कार्यालय प्युठान, प्राथमिक स्वास्थ्य उपचार केन्द्र खलंगाले सहजिकरण गरेको थियो ।

कारागार भित्रै थुनुवाहरुले विशेषज्ञ सेवा मार्फत स्वास्थ्य परिक्षण गराउन पाउदा कैदिबन्दीहरु उत्साहित थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...