News Portal

रेडियो सुन्नुहोस्

भिंगृ–स्वर्गद्वारी सडक सुधार गरिदै

झुलेनी नेटवर्क२०८० पुस २३
६८९ पटक
२०८० पुस २३

जिल्लाको मुख्य पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी पुग्ने भिगृ–स्वर्गद्धारी सडक सुधार हुने भएको छ । बर्सेनी भइरहने सडक दुर्घटनालाई कमगर्ने उदेश्यले सडक डिभिजन कार्यालय प्यूठान मार्फत यसवर्ष सडक सुरक्षाको कामगर्न थालिएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्रालय सडक विभाग मार्फत आएको ७ करोड ८९ लाख ४ हजार ५ सय १७ रुपैयाँ बजेटले काम सुधारका कामगर्न थालिएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । । ठेक्का माफ भिंगृ– स्वर्गद्धारी–होलेरी सडक अन्तरगर्त भिंगृ–स्वर्गद्धारी खण्डमा काम भैरहको सडक डिभिजन कार्यालय प्यूठानका कार्यालय प्रमुख राजिव श्रेष्ठले बताए ।

सडक निर्माणको जिम्मा निर्माण कम्पनी ड्रामा–जलजला–रेड–अर्थ जेभीले लिएको छ । २०८१ असार २२ मा सक्नेगरि कार्यालयसंग सम्झौता भएको निर्माण व्यवसायी लोकेन्द्र डाँगीले बताए । कार्यालयसंग सम्झौता अवधिमै निर्माण सक्नेगरि धमाधम हिजोआज काम भइरहको डाँगीले बताए ।

सडक क्षेत्रमा सडक तथा ट्राफिक सुरक्षा(सडक सुरक्षा पर्खाल) व्यारीयर थामोप्लास्टिक पेन्ट र स्ल्याब कल्भर्ट निर्माण गर्ने सम्झौता भएको छ । सडक क्षेत्रमा भइरहेको कामको अवस्था बुझ्न सडक विभाग संभार महाशाखाका प्रमुख प्रभातकुमार झा आईबार प्यूठान आएर थप सल्लाहा सुझाब दिएको कार्यालय प्रमुख श्रेष्ठले बताए । भिगृ–स्वर्गद्वारी १४ मिलोमिटर छ । यो सडक खण्डमा झण्डै ६ मिलोमिटरमा स्टिल व्यारीयर राख्ने स्टिमेट रहेको कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...