News Portal

रेडियो सुन्नुहोस्

भिंगृ–स्वर्गद्वारी सडक सुधार गरिदै

झुलेनी नेटवर्क२०८० पुस २३
८०२ पटक
२०८० पुस २३

जिल्लाको मुख्य पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी पुग्ने भिगृ–स्वर्गद्धारी सडक सुधार हुने भएको छ । बर्सेनी भइरहने सडक दुर्घटनालाई कमगर्ने उदेश्यले सडक डिभिजन कार्यालय प्यूठान मार्फत यसवर्ष सडक सुरक्षाको कामगर्न थालिएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्रालय सडक विभाग मार्फत आएको ७ करोड ८९ लाख ४ हजार ५ सय १७ रुपैयाँ बजेटले काम सुधारका कामगर्न थालिएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । । ठेक्का माफ भिंगृ– स्वर्गद्धारी–होलेरी सडक अन्तरगर्त भिंगृ–स्वर्गद्धारी खण्डमा काम भैरहको सडक डिभिजन कार्यालय प्यूठानका कार्यालय प्रमुख राजिव श्रेष्ठले बताए ।

सडक निर्माणको जिम्मा निर्माण कम्पनी ड्रामा–जलजला–रेड–अर्थ जेभीले लिएको छ । २०८१ असार २२ मा सक्नेगरि कार्यालयसंग सम्झौता भएको निर्माण व्यवसायी लोकेन्द्र डाँगीले बताए । कार्यालयसंग सम्झौता अवधिमै निर्माण सक्नेगरि धमाधम हिजोआज काम भइरहको डाँगीले बताए ।

सडक क्षेत्रमा सडक तथा ट्राफिक सुरक्षा(सडक सुरक्षा पर्खाल) व्यारीयर थामोप्लास्टिक पेन्ट र स्ल्याब कल्भर्ट निर्माण गर्ने सम्झौता भएको छ । सडक क्षेत्रमा भइरहेको कामको अवस्था बुझ्न सडक विभाग संभार महाशाखाका प्रमुख प्रभातकुमार झा आईबार प्यूठान आएर थप सल्लाहा सुझाब दिएको कार्यालय प्रमुख श्रेष्ठले बताए । भिगृ–स्वर्गद्वारी १४ मिलोमिटर छ । यो सडक खण्डमा झण्डै ६ मिलोमिटरमा स्टिल व्यारीयर राख्ने स्टिमेट रहेको कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...