News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय एकता दिवसमा राप्रपाले गर्‍यो र्‍याली

बिबश जि.एम२०८० पुस २७
६९७ पटक
२०८० पुस २७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्यूठानले ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति प्यूठानले बिजुवारको मित्रमणी चोकबाट निकालेको र्‍याली जुम्रीमा पुगी पुन बिजुवारमा कोण सभा गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कृष्ण बहादुर खड्काले कुनै पनि पार्टीलाई गाली गरेर समस्याको समाधान गर्न नसकिने बताए । सबै मिलेर पृथ्वीनरायण शाहको सिद्धान्तलाई लिएर अन्य देशले प्रगति गरेको भन्दै नेपालका सबै व्यक्तीमा पृथ्वीनारायण शाहको सिद्धान्त अनुसरण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति प्यूठानका अध्यक्ष चुमानसिंह बस्नेतले पृथ्वीनारायण शाहले बनाएको फूलजस्तो नेपाल अहिलेका घुसखोरीले सकाउन लागेको बताएका छन् । उनले राप्रपा पार्टी अरु भन्दा बेग्लै नीति लिएर आएको भन्दै देश तहसनहस बनाउन खोज्ने पाटीको विरोध गर्ने बताए । साथै राप्रपाले पुस र माघ महिनामा पार्टी संगठन तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने र फागुनमा ७७ वटै जिल्लाका कार्यकर्ता काठ्माडौंमा भेला भएर शक्ति प्रदर्शन गर्ने समेत जानकारी गराए । पार्टी बलियो बनाउन पार्टी संगठन आवश्यक रहेको बताउँदै अध्यक्ष बस्नेतले पार्टी संगठनमा लाग्न कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो दिवसलाई कुनै राजनितिक तवरले नभई सिंगो देशले यो कार्यक्रम गर्न आवश्यक रहेको बताएका थिए । साथै नेपाली भुमिको माया र चिन्ता लिने व्यक्तिले मात्र नेपालको माया चिन्न सक्ने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...