News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय एकता दिवसमा राप्रपाले गर्‍यो र्‍याली

बिबश जि.एम२०८० पुस २७
५५५ पटक
२०८० पुस २७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्यूठानले ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति प्यूठानले बिजुवारको मित्रमणी चोकबाट निकालेको र्‍याली जुम्रीमा पुगी पुन बिजुवारमा कोण सभा गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कृष्ण बहादुर खड्काले कुनै पनि पार्टीलाई गाली गरेर समस्याको समाधान गर्न नसकिने बताए । सबै मिलेर पृथ्वीनरायण शाहको सिद्धान्तलाई लिएर अन्य देशले प्रगति गरेको भन्दै नेपालका सबै व्यक्तीमा पृथ्वीनारायण शाहको सिद्धान्त अनुसरण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति प्यूठानका अध्यक्ष चुमानसिंह बस्नेतले पृथ्वीनारायण शाहले बनाएको फूलजस्तो नेपाल अहिलेका घुसखोरीले सकाउन लागेको बताएका छन् । उनले राप्रपा पार्टी अरु भन्दा बेग्लै नीति लिएर आएको भन्दै देश तहसनहस बनाउन खोज्ने पाटीको विरोध गर्ने बताए । साथै राप्रपाले पुस र माघ महिनामा पार्टी संगठन तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने र फागुनमा ७७ वटै जिल्लाका कार्यकर्ता काठ्माडौंमा भेला भएर शक्ति प्रदर्शन गर्ने समेत जानकारी गराए । पार्टी बलियो बनाउन पार्टी संगठन आवश्यक रहेको बताउँदै अध्यक्ष बस्नेतले पार्टी संगठनमा लाग्न कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो दिवसलाई कुनै राजनितिक तवरले नभई सिंगो देशले यो कार्यक्रम गर्न आवश्यक रहेको बताएका थिए । साथै नेपाली भुमिको माया र चिन्ता लिने व्यक्तिले मात्र नेपालको माया चिन्न सक्ने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...