News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारीले गर्‍यो उत्कृष्ट स्याहार कर्तालाई सम्मान

बिबश जि.एम२०८० माघ ४
२८३ पटक
२०८० माघ ४

स्वर्गद्धारी नगरपालिकाले बुधबार जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत उत्कृष्ट स्याहार कर्ता ३ जनलाई सम्मान गरेको छ । नगर स्तरीय जेष्ठ नागरिक सञ्जालको आयोजना तथा स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोग र महिला तथा बालबालिका शाखाको समन्वयमा स्वर्गद्धारी नगरपालिका ३ जलुकेमा सम्मान गरिएको हो ।

स्वर्गद्वारी नगरपालिकाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक स्याहार कर्ताका रुपमा वडा नं ५ सारीका समाजसेवी ओविराम पौडेलको धर्मपत्नी पार्वती पौडेललाई ससुरा बुवा र सासू आमालाई उत्कृष्ट स्याहार गरेबापत सम्मान गरिएको छ । त्यस्तै वडा नं ३ का जेष्ठ नागरिक जित प्रसाद आचार्यको स्याहार गरेका छोरा पदम आचार्य र वडा नं ७ का तुल्सीराम अधिकारलाई बुहारी कल्पना थापाले उत्कृष्ट स्याहार गरेको भन्दै सम्मान गरिएको छ ।

पछिल्लो समयम जेष्ठ नागरिकलाई बृद्धाआश्रममा लैजाने, अपहेलना गर्ने जस्ता कार्य देखिएको भन्दै नगरपालिकाले यसलाई मध्यनजर गर्दै सो कार्यक्रम गरिएको जनाएको छ । साथै जेष्ठ नागरिकलाई गर्नुपर्ने सबै स्याहार उनीहरुले गरेको भन्दै उत्कृष्ट जेष्ठ नागरिक सम्मान गरिएको सामाजिक विकास समिति संयोजक तथा ५ नं वडाध्यक्ष गिर बहादुर घर्तीमगरले जानकारी दिए ।

नगरस्तरीय जेष्ठ नागरिक सञ्जालका कार्यावाहक अध्यक्ष नेत्रा बुढाथोकीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख टेक प्रसाद भण्डारी, विशेष अतिथि उपप्रमुख मिनराज रानामगर, अतिथिमा वडा नं २ का वडाध्यक्ष बुद्धिराम पुनमगर, स्वास्थ्य शाखा प्रमुख दल बहादुर के.सी, महिला तथा बालबालिका शाखा प्रमुख निमा डांगी, जेष्ठ नागरिक सञ्जालका पदाधिकारी, स्थानीय लगायतको सहभागिता थियो ।

फोटो : गिर बहादुर घर्तीमगर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बेलुवामा बेलपत्रेश्वर धार्मिक महायज्ञ सुरु

प्युठान नगरपालिका १ क्वाडी बेलुवामा सोमबारदेखि बेलपत्रेश्वर विराट धार्मिक महायज्ञ, शिव महापुराण तथा श्रृङ्गारिक गंगा...

जन्मदिनमा युरोपबाट १० लाखको बिमा उपहार

प्यूठानमा श्रीमानले श्रीमतीलाई बिमा पोलिसि उपहार दिएका छन्। स्वर्गद्वारी नगरपालिका ८ दहचौरका पदम बहादुर जि.सी....

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन...

जिप दुर्घटनामा २ जनाको मृत्यु

सिंगल क्याप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ लु २ च २९९० नम्बरको...

कृतिम बुद्घिमता(एआई) सम्बन्धि तालिम सम्पन्न

कृतिम बुद्घिमता(एआई) को प्रयोगसम्बन्धि तालिम प्यूठानमा सम्पन्न भएको छ। जिल्लाका ५ क्याम्पस र ५ माविमा...