News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारीले गर्‍यो उत्कृष्ट स्याहार कर्तालाई सम्मान

बिबश जि.एम२०८० माघ ४
५८२ पटक
२०८० माघ ४

स्वर्गद्धारी नगरपालिकाले बुधबार जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत उत्कृष्ट स्याहार कर्ता ३ जनलाई सम्मान गरेको छ । नगर स्तरीय जेष्ठ नागरिक सञ्जालको आयोजना तथा स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोग र महिला तथा बालबालिका शाखाको समन्वयमा स्वर्गद्धारी नगरपालिका ३ जलुकेमा सम्मान गरिएको हो ।

स्वर्गद्वारी नगरपालिकाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक स्याहार कर्ताका रुपमा वडा नं ५ सारीका समाजसेवी ओविराम पौडेलको धर्मपत्नी पार्वती पौडेललाई ससुरा बुवा र सासू आमालाई उत्कृष्ट स्याहार गरेबापत सम्मान गरिएको छ । त्यस्तै वडा नं ३ का जेष्ठ नागरिक जित प्रसाद आचार्यको स्याहार गरेका छोरा पदम आचार्य र वडा नं ७ का तुल्सीराम अधिकारलाई बुहारी कल्पना थापाले उत्कृष्ट स्याहार गरेको भन्दै सम्मान गरिएको छ ।

पछिल्लो समयम जेष्ठ नागरिकलाई बृद्धाआश्रममा लैजाने, अपहेलना गर्ने जस्ता कार्य देखिएको भन्दै नगरपालिकाले यसलाई मध्यनजर गर्दै सो कार्यक्रम गरिएको जनाएको छ । साथै जेष्ठ नागरिकलाई गर्नुपर्ने सबै स्याहार उनीहरुले गरेको भन्दै उत्कृष्ट जेष्ठ नागरिक सम्मान गरिएको सामाजिक विकास समिति संयोजक तथा ५ नं वडाध्यक्ष गिर बहादुर घर्तीमगरले जानकारी दिए ।

नगरस्तरीय जेष्ठ नागरिक सञ्जालका कार्यावाहक अध्यक्ष नेत्रा बुढाथोकीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख टेक प्रसाद भण्डारी, विशेष अतिथि उपप्रमुख मिनराज रानामगर, अतिथिमा वडा नं २ का वडाध्यक्ष बुद्धिराम पुनमगर, स्वास्थ्य शाखा प्रमुख दल बहादुर के.सी, महिला तथा बालबालिका शाखा प्रमुख निमा डांगी, जेष्ठ नागरिक सञ्जालका पदाधिकारी, स्थानीय लगायतको सहभागिता थियो ।

फोटो : गिर बहादुर घर्तीमगर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...