News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय सभाकाे १९ सिटमा चुनाव आज हुदै

झुलेनी नेटवर्क २०८० माघ ११
६२० पटक
२०८० माघ ११

आउने फागुन २० बाट पदावधि सकिने राष्ट्रिय सभाका २० मध्ये १९ सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै छ । सातवटै मुकामका मतदान केन्द्रबाट बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन आयोगका अनुसार ७ वटा प्रदेशमा रहेका मतदानस्थलमा १९ पदकै लागि मत हाल्ने केन्द्र छन् । आयोगले कोशीका लागि प्रदेश निर्वाचन कार्यालय, मधेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, वाग्मतीका लागि भुटनदेवी मावि र प्राविधिक शिक्षालय, गण्डकीमा प्रदेश निर्वाचन कार्यालय, लुम्बिनीमा कर्मचारी मिलन केन्द्र, कर्णालीमा निर्वाचन कार्यालय र सुदूरपश्चिममा प्रदेशसभा भवनलाई मतदानस्थल तोकेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशका सांसद, नगरपालिका र गाउँपालिकाका प्रमुख÷उपप्रमुख मतदाता हुन्छन् । जनसंख्याका आधारमा उनीहरूको मतभार तोकिन्छ ।

पछिल्लो जनगणनाको तथ्यांकअनुसार आयोगले प्रदेशसभा सदस्यको ५३ र पालिकाका प्रमुख÷उपप्रमुखको १९ मतभार तोकिएको छ । निर्वाचन हुने १९ जनामा (मनोनीतबाहेक) वाग्मतीमा ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३÷३ तथा कोशी, मधेश र लुम्बिनी प्रदेशबाट २÷२ सिटका लागि चुनाव हुँदै छ । रिक्त पद जुन समूह र प्रक्रियाबाट निर्वाचित भएको हो, सोही समूह र प्रक्रियाबाट सदस्य निर्वाचित भएर आउँछन् ।

फागुन २० मा एमालेबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित विमला राई पौड्याल (महिला मनोनीत), दीपा गुरुङ (महिला), इन्दु कडरिया (महिला), दिलकुमारी रावल थापा (महिला), कुमार दसौदी (अन्य), नरपति लुवार (दलित), भैरवकुमार श्रेष्ठ (अन्य) र रामचन्द्र राईसहित ९ जना छन् ।

कांग्रेसबाट राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीसहित अनिता देवकोटा (महिला), जितेन्द्रनारायण देव, प्रकाश पन्थ (अपांगता) गरी ४ जना, माओवादीबाट बिना पोखरेल (महिला), हरिराम चौधरी (अन्य), महेशकुमार महरा गरी ३ जना, एकीकृत समाजवादीबाट नन्दा चापागाईं, सिंगबहादुर विश्वकर्मा (दलित), जसपाबाट प्रमिला कुमारी (महिला) र स्वतन्त्र खिमलाल देवकोटा छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ...

आफैले पेट्रोल खन्याएर आगो लगाउँदा ८० वर्षीय वृद्धको मृत्यु

बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला...