News Portal

रेडियो सुन्नुहोस्

एमाले प्यूठानकोे जिल्ला स्तरीय प्रशिक्षण बिजुवारमा

झुलेनी नेटवर्क२०८० माघ १५
७५० पटक
२०८० माघ १५

नेकपा एमाले प्यूठानको तीन दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रशिक्षण कार्यक्रमको सोमबार नेकपा एमालेका उपमहासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले बिजुवारस्थित सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठानको हलमा समुद्घाटन गरेका हुन् । उनले पार्टीको प्रशिक्षण अभियानको समग्र सन्दर्भसहित योजनाबद्द स्कुलिङका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा विशेष अतिथि पार्टी पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले प्यूठानमा कम्युनिष्ट आन्दोलनको शुरूमा २०१० साल पुस १७ देखि चैत ५ गतेसम्म १ सय २५ जनाको सहभागितामा संचालित तीन महिना लामो ‘जनता प्रशिक्षण शिविर’ को ऐतिहासिक भुमिका रहेको चर्चा गरे । साथै पार्टीमा वैचारिक रूपमा एकरूपता ल्याउन प्रतिनिधि सभा सदस्य थापाको जोड थियो ।

जिल्ला पार्टी अध्यक्ष विजयविराज बिष्टको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव माधव पौडेलले गरेका थिए । प्रदीप ज्ञवाली, पद्मा अर्याल, सूर्य थापा, इश्वरी रिजाल, राधाकृष्ण कँडेल, केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, भगवती न्यौपाने, पार्टी स्कुल विभाग सचिव घनश्याम कोइराला, सदस्यहरू बद्री खनाल, रामशरण प्याकुरेल, वाइपी आचार्य लगायतले प्रशिक्षण दिने छन् । प्रशिक्षणमा एमाले प्यूठानका जिल्ला स्तरीय झण्डै १ सय जना नेताकार्यकर्ताको सहभागिता रहेको एमाले प्यूठानले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...