News Portal

रेडियो सुन्नुहोस्

एमाले प्यूठानकोे जिल्ला स्तरीय प्रशिक्षण बिजुवारमा

झुलेनी नेटवर्क२०८० माघ १५
७०६ पटक
२०८० माघ १५

नेकपा एमाले प्यूठानको तीन दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रशिक्षण कार्यक्रमको सोमबार नेकपा एमालेका उपमहासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले बिजुवारस्थित सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठानको हलमा समुद्घाटन गरेका हुन् । उनले पार्टीको प्रशिक्षण अभियानको समग्र सन्दर्भसहित योजनाबद्द स्कुलिङका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा विशेष अतिथि पार्टी पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले प्यूठानमा कम्युनिष्ट आन्दोलनको शुरूमा २०१० साल पुस १७ देखि चैत ५ गतेसम्म १ सय २५ जनाको सहभागितामा संचालित तीन महिना लामो ‘जनता प्रशिक्षण शिविर’ को ऐतिहासिक भुमिका रहेको चर्चा गरे । साथै पार्टीमा वैचारिक रूपमा एकरूपता ल्याउन प्रतिनिधि सभा सदस्य थापाको जोड थियो ।

जिल्ला पार्टी अध्यक्ष विजयविराज बिष्टको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव माधव पौडेलले गरेका थिए । प्रदीप ज्ञवाली, पद्मा अर्याल, सूर्य थापा, इश्वरी रिजाल, राधाकृष्ण कँडेल, केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, भगवती न्यौपाने, पार्टी स्कुल विभाग सचिव घनश्याम कोइराला, सदस्यहरू बद्री खनाल, रामशरण प्याकुरेल, वाइपी आचार्य लगायतले प्रशिक्षण दिने छन् । प्रशिक्षणमा एमाले प्यूठानका जिल्ला स्तरीय झण्डै १ सय जना नेताकार्यकर्ताको सहभागिता रहेको एमाले प्यूठानले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...