News Portal

रेडियो सुन्नुहोस्

फेरिदै बिजुवार बजार, नगरपालिका रोड बैंकिङ हब

झुलेनी नेटवर्क२०८० माघ १६
९४० पटक
२०८० माघ १६

प्यूठान नगरपालिका–४ स्थित बिजुवार बजारको मित्रमणी चोकदेखि खलंगा जोड्ने पक्किपुलसम्मको पुरानो रुप फेरिएको छ । प्यूठान नगरपालिकाको प्रशासनीक भवन निर्माणसँगै यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माण भएपछि बिजुवारको रुप फेरिएको हो । सधै ओझेलमा परेको भन्ने बिजुवारको पूरानो बजार क्षेत्रमा सडक चौडासँगै प्यूठान नगरपालिकाको प्रशासनीक भवन जाने सडक, सहिद उमेश स्मृती प्रतिष्ठान भवन जाने सडक कालोपत्रे भएको छ । सडक कालोपत्रे गरिएपछि यो क्षेत्रमा चहलपहल बढेको स्थानीय बताउछन् । सडक फराकिलो र कालोपत्रे भएपछि हिलो, धुलो समेत यस क्षेत्रमा घटेको छ । घर भाडा लिएर होटल व्यवसायिहरु समेत बढ्दै गएका छन् ।

तस्तै बैक बित्तिय सस्थाहरु बढेका छन् । प्यूठान नगरपाकिलाको नयाँ भवन, स्थानीय गैर सरकारी संस्था कालिका विकास केन्द्र भवन, नेकपा एमाले पार्टी कार्यालय, सहित उमेश चन्द्र थापा स्मृती भवन, बृद्ध आश्रम, खलंगा पुग्ने छोटो दूरीको सडक निर्माण लगायत कारणले बिजुवारको पुरानो बजारमा चहलपहल बढेको हो । भालुबाङ–प्यूठान सडक अन्तर्गत बिजुवार मित्रमणी चोक पूर्वतर्फ पर्ने जिल्लाकै पूरानो बजार प्यूठान नगरपालिका सर्नुभन्दा अघिसम्म सुनसान जस्तो थियो ।

सुरुमा प्यूठान नगरपालिकाले २०७६ सालमा बजेट बिनियोजन गरेपछि मित्रमणी चोक देखि प्रशासनीक भवन जाने कच्चि सडक कालोपत्रे गरिएको हो । नेकपाको पार्टी कार्यालय पुग्ने सडक प्रदेश सरकार मार्फत बजेट परेर भवन डिभिजन कार्यालय दाङमार्फत सडक कालोपत्रे भएको छ ।

कालोपत्रे सडकले गर्दा बिजुवारको पूरानो बजारको मुहार फेरिएको प्यूठान नगरपालिका– ४, स्थित खेलमैदान नजिकै होटल गर्ने स्थानीय बसन्त पोख्रेलले बताए । मित्रमणी चोक देखि नगरपालिकाको प्रशासनीक भवन सम्मको सडक ठेक्का मार्फत ८ मिटर चौडा बनाएर कालोपत्रे गरिएको छ । द्धन्द्धको समयमा जिल्ला सदरमुकाम खलंगा सरेका सबै सरकारी कार्यालय बिजुवारमा पूनःस्थापना भएकाले पनि बिजुवारको रौनक फेरिदै गएको स्थानीय बताउँछन् । बिजुवारको पुरानो बजार हिजोआज बैंकहरुको हबनै बनेको छ । बैंक अफ काठमाडौं, नेपाल इन्भेष्टमेन्ट, कृषि विकास बैक लगायत बिजुवारको पूरानो बजार क्षेत्रमै रहेका छन् । बाणिज्य बैंक पनि यही सर्दै छ ।

जिल्लाको मध्यभागमा रहेको गणतान्त्रीक खेलकुद मैदानमा भइरहने कार्यक्रमहरु, छोटोदूरीको जिल्ला खलगा जाने बिजुवार–थापाडाँडा खलंगा र बिजुवार– कार्कीडाँडा सडक निर्माण, झिमरुक नदिमा बनेको पक्कि पुलले बिजुवारको रुप फेरिएको प्यूठान नगरपालिका–४ का निर्वतमान वडाध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले बताए ।

प्यूठानको प्यूठान नगरपालिका ४ बिजुवारमा मात्रै ७ वटा बैंकहरु छन् । ‘बैंकमा बढि आर्थिक कारोबार हुने भएकाले पनि बैंकलाई सुरक्षा आवश्यक पर्छ, “भण्डारीले भने, त्यसैले पनि यस ठाउँमा बैंकको आकर्षण बढ्दो छ ।” साथै आवतजावत देखि अस्पताल र नगरपालिका जान समेत नजिकै भएकाले पनि मित्रमणी चोकमा पहिलेको भन्दा अहिले चहलपहल बढ्न थालेको भण्डारीको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...