News Portal

रेडियो सुन्नुहोस्

सरकारी बिज्ञापन प्रसारणमा ठगी गर्ने एजेन्सीमाथि बोर्डको कारवाहीसहित कारोबार रोक्का

झुलेनी नेटवर्क२०८० फागुन १
८७५ पटक
२०८० फागुन १

बिज्ञापन बोर्डले सरकारी बिज्ञापन प्रसारणमा ठगी गर्ने एक एजेन्सीलाई कारवाही गर्दै कारोबार रोक्का राख्ने निर्णय गरेको छ । बोर्डले काठमाडौं अनामनगरस्थित कोकिल मिडियालाई १० हजार रुपैयाँ जरिबाना र २०८१ असार मसान्तसम्म विज्ञापन कारोबार रोक्का गर्ने निर्णय गरेको छ ।

नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग उक्त एजेन्सीले २०८० असोज १२ मा गरेको सम्झौतामा उल्लेखित रकमभन्दा अत्यधिक सेवा शुल्क लिने गरी विज्ञापन प्रसारण गर्न आदेश दिएको पाइएकोले जरिबाना गरिएको बोर्डले जनाएको छ । बोर्डले बिज्ञापनमा हुने ठगिमाथि पहिलोपटक कारवाही गरेको हो ।

त्यसैगरी कोकिल मिडियाले ५२ वटा एफएम रेडियोबाट विज्ञापन प्रसारण गर्नुपर्नेमा २० वटा एफएममा मात्र विज्ञापन प्रसारण गर्न आदेश दिएको भन्दै बोर्डको माघ १९ मा बसेको बैठकले २०८१ असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोबार रोक्का राख्ने र त्यस अवधिसम्म सो एजेन्सीलाई विज्ञापन बोर्डमा सूचीकरण समेत नगर्ने निर्णय गरेको जनाएको छ ।

सरकारी बिज्ञापन प्रसारणमा झण्डै ९० प्रतिशत चुहावट हुने गरेको भन्दै आलोचना हुने गरेको छ । सरकारले यसै बर्षदेखि भुक्तानीका लागि मिडिया हाउसको बिलसमेत प्रमाणका रुपमा पेश गर्नुपर्ने नीति बनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...