News Portal

रेडियो सुन्नुहोस्

सरकारी बिज्ञापन प्रसारणमा ठगी गर्ने एजेन्सीमाथि बोर्डको कारवाहीसहित कारोबार रोक्का

झुलेनी नेटवर्क२०८० फागुन १
२६६ पटक
२०८० फागुन १

बिज्ञापन बोर्डले सरकारी बिज्ञापन प्रसारणमा ठगी गर्ने एक एजेन्सीलाई कारवाही गर्दै कारोबार रोक्का राख्ने निर्णय गरेको छ । बोर्डले काठमाडौं अनामनगरस्थित कोकिल मिडियालाई १० हजार रुपैयाँ जरिबाना र २०८१ असार मसान्तसम्म विज्ञापन कारोबार रोक्का गर्ने निर्णय गरेको छ ।

नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग उक्त एजेन्सीले २०८० असोज १२ मा गरेको सम्झौतामा उल्लेखित रकमभन्दा अत्यधिक सेवा शुल्क लिने गरी विज्ञापन प्रसारण गर्न आदेश दिएको पाइएकोले जरिबाना गरिएको बोर्डले जनाएको छ । बोर्डले बिज्ञापनमा हुने ठगिमाथि पहिलोपटक कारवाही गरेको हो ।

त्यसैगरी कोकिल मिडियाले ५२ वटा एफएम रेडियोबाट विज्ञापन प्रसारण गर्नुपर्नेमा २० वटा एफएममा मात्र विज्ञापन प्रसारण गर्न आदेश दिएको भन्दै बोर्डको माघ १९ मा बसेको बैठकले २०८१ असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोबार रोक्का राख्ने र त्यस अवधिसम्म सो एजेन्सीलाई विज्ञापन बोर्डमा सूचीकरण समेत नगर्ने निर्णय गरेको जनाएको छ ।

सरकारी बिज्ञापन प्रसारणमा झण्डै ९० प्रतिशत चुहावट हुने गरेको भन्दै आलोचना हुने गरेको छ । सरकारले यसै बर्षदेखि भुक्तानीका लागि मिडिया हाउसको बिलसमेत प्रमाणका रुपमा पेश गर्नुपर्ने नीति बनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...