News Portal

रेडियो सुन्नुहोस्

सहकारीको मुल्यमान्यतालाई टेकेर सहकारी सञ्चालन गर्न प्रजिअ अर्यालको आग्रह

बिबश जि.एम२०८० फागुन ३
८३६ पटक
२०८० फागुन ३

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लामा रहेका सहकारी सञ्चालक समितिलाई सहकारीको मुल्यमान्यता भित्र रहेर सञ्चालन गर्न आग्रह गरेका छन् । विहिबार बिजय फूलबारी बचत तथा ऋण् सहकारी संस्थाको सभाहलमा जिल्ला सहकारी संघ लिमिटेड प्यूठानले आयोजना गरेको सहकारीमा सुशासनको लागि लेखा परीक्षकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ अर्यालले यस्तो बताएका हुन् । सहकारीबाट कुनै ठाउँमा ठगी भएको र सहकारी सञ्चालन पश्चात सहकारी डुब्ने गरेको बताउँदै यसको मुल्यमान्यतामा रहेर सञ्चालन गर्न उनले सहकारी सञ्चालक समितिलाई आग्रह गरेका हुन् । साथै जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तह कार्यक्षेत्र भित्र पर्ने सहकारीको नियमन गर्ने जिम्मेवारी स्वयम स्थानीय तह नै भएको समेत प्रजिअ अर्यालले जानकारी गराएको बताएका छन् ।

जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोख्रेलले सहकारी संस्था सञ्चालन गर्दा त्यसमा समस्या आउन नदिन आफुहरु लागि परेको बताए । सहकारी व्यवस्थित रुपमा अगाडी बढाउन सबैको सुझाव र सहयोग आवश्यक रहेको पनि उनले बताएका छन् । साथै जिल्लामा भएका स्थानीय तहभित्रका सहकारीबाट सोचेअनुरुपको रिपोर्ट आउन नसकेको बताउँदै उनले लेखा परीक्षकले यसमा चासो दिन आग्रह गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी सञ्चालनका लागि आवश्यक शिक्षा नभएको, कर्जा सुरक्षणमा उचित व्यवस्थापन नभएको, सहकारीको साधारण सभामा भएका निर्णयहरु नोट नगरेको, पालिकामा रहेका सहकारी संस्थालाई उचित तालिम नभएको, सहकारीमा गणपुरक संख्या नभएको लगायतका गुनासो सहित सुझाब दिएका छन् ।


सहकारीका सल्लाहकार प्रकाश वैद्यले दस्तावेजको रुपमा सहभागिहरुबाट आएको सुझाबलाई सहकारी सञ्चालक समितिलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा कोष लेखा नियन्त्रक कार्यालय प्यूठानका प्रमुख देवराज पोख्रेल, जिल्लामा रहेका सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजाल, पूर्व अध्यक्ष गिरुप्रसाद भण्डारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...