News Portal

रेडियो सुन्नुहोस्

दादुरा–रुवेला खोप अभियान २०८० को प्यूठानमा शुभारम्भ

झुलेनी नेटवर्क२०८० फागुन १३
७९३ पटक
२०८० फागुन १३

दादुरा–रुवेला खोप अभियान २०८० औपचारिक रुपमा शुभारम्भ गरिएको छ । प्यूठानमा जिल्ला खोप समन्वय समिति प्यूठानको आयोजनामा एक कार्यक्रमको आयोजना गरी आज प्यूठान नगरपालिकाका २ को शहरी स्वास्थ्य केन्द्र दाँखाक्वाडीबाट खोप अभियान सुभारम्भ गरिएको हो ।

दादुरा–रुवेला खोप अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवंम प्यूठान नगरपालिकालकाका प्रमुख विष्णु योगीले दादुरा –रुवेलाको महामारी नियन्त्रण गर्न यो अभियानलाई सार्थक बनाउनु सबैको दायित्व भएको बताएका छन । उनले यो अभियानलाई सफल र प्रभावकारी बनाउन सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन । ९ महिनादेखि ५ बर्ष उमेरका बालबालिकाहरुलाई खोप लगाउन नछुटाउन पनि उनले स्वास्थ्यकर्मी र अभिभावकहलाई आग्रह गरे ।

कार्यक्रममा जिल्ला खोप समन्वय समिति प्यूठानका संयोजक तथा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी ले खोप लगाउन कुनै पनि बालबालिका छुट्न नहुने भन्दै यो अभियानलाई सफल बनाउन सबै पक्षको भूमिका आवश्यक रहेको बताए ।

खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्नो बालबालिकालाई खोप लगाउन स्वास्थ्य कार्यालय प्यूठानले अनुरोध गरेको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार जिल्लामा २२ हजार ८ सय २४ जना बालबालिकालाई खोप दिने लक्ष्य छ । यसको लागि २५ हजार ५ सय डोज खोप प्राप्त भएर सबै स्थानीय तहरुमा पठाईसकिएको छ ।
सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । प्यूठानमा खोप १३ देखि १९ सम्म सञ्चालन हुने कार्यालयले जनाएको छ ।

जिल्ला खोप समन्वय समिति प्यूठानका संयोजक तथा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय प्यूठानका कोल्ड चेन निरिक्षक कोशलराज बैद्यले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...