News Portal

रेडियो सुन्नुहोस्

स्थानीय तह प्रदेश सरकारको संघियताको आधार हो : सभामुख घर्ती

बिबश जि.एम२०८० फागुन १६
५२२ पटक
२०८० फागुन १६

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले स्थानीय तह प्रदेश सरकारको संघियताको आधार भएको बताएका छन् । बुधबार लुम्बिनी प्रदेश सभा सचिवालय राप्ती उपत्यका दाङको आयोजनामा प्यूठानमा भएको लुम्बिनी प्रदेश सभा र स्थानीय तहविच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सभामुख घर्तीले यस्तो बताएका हुन् ।

स्थानीय तहका सरकार ५ बर्ष सम्म नै टिक्ने भएकाले आम जनताको समस्यासँग जुधेर काम गर्ने बताउँदै ३ तह मध्ये स्थानीय तह सबैभन्दा महत्वपुर्ण भएको बताए । साथै सभामुख घर्तीले जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुसँग कानुन निर्माणको बारेमा गहन छलफल गर्दा कानुन निर्माणमा प्रमुखहरुले दक्ष जनशक्तिको अभाव रहेको बताएको जानकारी गराए । ऐन कानुन निर्माण गर्दा जनताको विश्वासबाट बनाए जनता र स्थानीय तहबिच सुमधुर सम्बन्ध रहने उनको भनाई थियो । स्थानीय तह सुशासन हुनको लागि पारदर्शिता र जवाफदेहिता हुन पनि आवश्यक रहेको सभामुख घर्तीले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद तुल्सीराम शर्मा, धनलक्ष्मी श्रेष्ठ, प्रदेश सभामुख पिएसओ लुटजंग खड्का, उपसभामुख स्वकिय सचिव नारायण जि.सी जिल्लाका पत्रकार लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...