News Portal

रेडियो सुन्नुहोस्

स्थानीय तह प्रदेश सरकारको संघियताको आधार हो : सभामुख घर्ती

बिबश जि.एम२०८० फागुन १६
४२३ पटक
२०८० फागुन १६

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले स्थानीय तह प्रदेश सरकारको संघियताको आधार भएको बताएका छन् । बुधबार लुम्बिनी प्रदेश सभा सचिवालय राप्ती उपत्यका दाङको आयोजनामा प्यूठानमा भएको लुम्बिनी प्रदेश सभा र स्थानीय तहविच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सभामुख घर्तीले यस्तो बताएका हुन् ।

स्थानीय तहका सरकार ५ बर्ष सम्म नै टिक्ने भएकाले आम जनताको समस्यासँग जुधेर काम गर्ने बताउँदै ३ तह मध्ये स्थानीय तह सबैभन्दा महत्वपुर्ण भएको बताए । साथै सभामुख घर्तीले जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुसँग कानुन निर्माणको बारेमा गहन छलफल गर्दा कानुन निर्माणमा प्रमुखहरुले दक्ष जनशक्तिको अभाव रहेको बताएको जानकारी गराए । ऐन कानुन निर्माण गर्दा जनताको विश्वासबाट बनाए जनता र स्थानीय तहबिच सुमधुर सम्बन्ध रहने उनको भनाई थियो । स्थानीय तह सुशासन हुनको लागि पारदर्शिता र जवाफदेहिता हुन पनि आवश्यक रहेको सभामुख घर्तीले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद तुल्सीराम शर्मा, धनलक्ष्मी श्रेष्ठ, प्रदेश सभामुख पिएसओ लुटजंग खड्का, उपसभामुख स्वकिय सचिव नारायण जि.सी जिल्लाका पत्रकार लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...