


मल्लरानी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नोमराज पौडेलले आमाको जन्मदिनमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । आफुले पाउने एक महिनाको सेवा सुविधा वुवा आमाको नाममा केशवराज बेला कुमारी अध्यक्ष कोष स्थापना गर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।
समाजसेवामा निकै कृयाशिल अध्यक्ष पौडेलले पहिलो महिनाको सेवा सुविधा नेपाल रेडक्रस सोसाईटी धरमपानी उपशाखामा केशवराज बेला कुमारी अक्षयकोष स्थापना गरिसकेका छन् । वुवाआमाको खुसि र विधार्थीको शैक्षिक सुधारमा आउने अपेक्षासहित अक्षय कोषबाट आएको ब्याजले शैक्षिक सामग्रि प्रदान गरिने उनको भनाई छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

