News Portal

रेडियो सुन्नुहोस्

माडी नदी माथी झोलुङ्गे पुलको निर्माण हुँदै

बिबश जि.एम२०८० चैत्र २
३७४ पटक
२०८० चैत्र २

सरुमारानी गाउँपालिका ४ माडी नदी माथी झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएको छ । वडा नं ४ खन्नेबगर देखि सिरुबगर सम्म जोड्ने १ सय १७ मिटर लम्बाईको झोलुङ्गे पुल निर्माणाधिन अवस्थामा रहेको वडाध्यक्ष चिन्ता सोमै मगरले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको १३ प्रतिशत र संघिय शर्सत अनुदान मार्फत कुल ७२ लाख ८९ हजार १ सय ३३ रुपैंँया लागतमा काम सुरु भएको छ ।

उपभोक्ता समिति मार्फत बैशाख १५ गतेसम्म सम्पन्न गर्ने गरी काम ४५ प्रतिशत काम सम्पन्न भएको छ । पुल निर्माण पश्चात पूर्णागाउँ, अम्मरे, खन्नेबगर, सञ्जोखोला लगायतका स्थानीयले लाभ लिने भएका छन् । ७५ घरधुरी भएको सो क्षेत्रका साढे ३ सय जनालाई आवतजावत गर्न सहज हुने भएको वडाध्यक्ष सोमै मगरले जानकारी दिए ।

पुल नवन्दा त्यहाँका स्थानीयले करिब ३ घण्टाको घुमाउँरो बाटो मार्फत यात्रा गरिरहेका थिए । अब पुल सम्पन्न भएपछि १ घण्टामा वडा कार्यालय पुग्न सकिने भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...