News Portal

रेडियो सुन्नुहोस्

झिमरुकले दियो १ सय ६८ जना कृषकहरुलाई स्थलगत बाख्रा पालन तालिम

बिबश जि.एम२०८० चैत २६
४४४ पटक
२०८० चैत २६

झिमरुक गाउँपालिकाले १ सय ६८ जना कृषकहरुलाई स्थलगत बाख्रा पालन तालिम दिईएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाको वडा नं ५, ६ र ८ गरी ३ स्थानमा १ सय ६८ कृषकहरुको लागि स्थलगत तालिम दिईएको झिमरुक गाउँपालिका पशु स्वास्थ्य प्रमुख कृष्ण बस्नेतले जानकारी दिए । उनका अनुसार स्थानीय स्तरका कृषकहरुको आम्दानी बृद्धि गर्ने र बाख्रा पालन व्यवसायमा अग्रसर बनाउनको लागि तालिम सञ्चालन गरिएको हो ।

झिमरुक गाउँपालिकाको आयोजनामा चैत २१ गते ८ नं वडा, २३ गते ५ नं वडा र २५ गते आइतबार ६ नं वडा धगेमा तालिम गरिएको गाउँपालिकाले जनाएको छ ।

तालिममा सहभागिहरुलाई बाख्राको लागि खोर निर्माण, बाख्रालाई गरिने औषधी उपचार, सरसफाई, बाख्रा पालन कसरी गर्ने लगायतको बारेमा जानकारी दिईएको वडा न. ६ का वडाध्यक्ष धन बहादुर पुनले जानकारी दिए । उनका अनुसार त्यस तालिमबाट बाख्रा पालनमा कृषकहरुलाई सहज हुने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...