News Portal

रेडियो सुन्नुहोस्

परिवर्तन सुरुवातका लागि,‘म’ अभियान, प्युठान अस्पतालमा युवाहरुको छड्के

मधुसुधन पोख्रेल२०८० चैत २७
३८८ पटक
२०८० चैत २७

प्यूठानमा युवाहरुले परिवर्तन सुरुवातका लागि म भन्ने अभियान संचालन गरेका छन् । जिल्ला अस्पताल प्यूठान परिसरमा ‘‘व्यवस्थित अस्पताल हाम्रो चासो , हाम्रो स्वास्थ्य हाम्रै गुनासो” भन्ने नाराका साथ प्यूठानका युवाहरु अस्पताल सुधारका लागि जागरुक भएका हुन् । जिल्ला अस्पताल प्यूठानमा म सुध्रिन्छु र सुधार्छु भन्ने धारणाका साथ अस्पतालमा भएका कामकाजको बारेमा गुनासो सुन्न युवाहरु लागि परेका हुन् । हरेक क्षेत्रमा जनगुनासो र काम काजमा ढिला सुस्ती हुन थालेपछि यो अभियानमा जोडिएको युवाहरुको भनाई छ ।

समृद्धिका लागि परिवर्तन, परिवर्तनका लागि सुरुवात, सुरुवातका लागि म भन्ने अभियान सुरुवात गरेको प्यूठान सरोकार समाजका संयोजक सुमन सुवेदीले बताए । जिल्ला अस्पताल परिसरमा के भइरहेको छ र के हुँदै छ  भन्ने विषयका लागि ३ दिनसम्म विरामीको गुनासो, अस्पतालमा भएका समस्या, अस्पतालले दिने सेवा लगायतका विषयमा गुनासो टिपोटका लागि यो अभियानमा लागेको सुवेदीले बताए । यो अभियान हरेक क्षेत्रमा सञ्चालन गर्ने सुवेदीको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...