News Portal

रेडियो सुन्नुहोस्

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

झुलेनी नेटवर्क२०८० चैत ३०
३८४ पटक
२०८० चैत ३०

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका साथ सरर मज्जा लिदै भगवती देवीको दर्शन गरी स्वादिष्ट परिकारका साथमा सांस्कृतिक कार्यक्रममा रमाऔं भन्ने मुल नाराका साथ दोस्रो मल्लरानी फूड फेस्टिवल २०८१ सुरु भएको हो ।

महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य सूर्य थापाले गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथि रहेका थापाले खलंगा देखि मल्लरानी जाने सिढी निर्माणको लागि आवश्यक बजेट व्यवस्थाको पहल गर्ने बताए । मल्लरानीको पर्यटन प्रवद्र्धनका लागि सबैले जोड दिन आवश्यक रहेको सांसद थापाको भनाई थियो ।

त्यस्तै वडाध्यक्षहरुको तर्फबाट मल्लरानी गाउँपालिका ३ वडाध्यक्ष नोमराज पौडेलले मल्लरानी सहित मल्लरानी गाउँपालिका भित्रका सबै पर्यटकीय क्षेत्रको विकासका लागि सबैको हातेमाले आवश्यक रहको बताए ।

महोत्सवमा विभिन्न समुदायका फरकफरक खानाका परिकार, विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुनेछन् । प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्र खलंगाको आयोजनामा भएको महोत्सव बैशाख २ गतेसम्म चल्ने आयोजकले जनाएको छ । मल्लरानीको पर्यटन प्रवद्र्धनका २०७९ सालदेखि प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्र ले खाना महोत्सव सञ्चालन गर्दै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...