News Portal

रेडियो सुन्नुहोस्

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

झुलेनी नेटवर्क२०८० चैत ३०
५४० पटक
२०८० चैत ३०

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका साथ सरर मज्जा लिदै भगवती देवीको दर्शन गरी स्वादिष्ट परिकारका साथमा सांस्कृतिक कार्यक्रममा रमाऔं भन्ने मुल नाराका साथ दोस्रो मल्लरानी फूड फेस्टिवल २०८१ सुरु भएको हो ।

महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य सूर्य थापाले गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथि रहेका थापाले खलंगा देखि मल्लरानी जाने सिढी निर्माणको लागि आवश्यक बजेट व्यवस्थाको पहल गर्ने बताए । मल्लरानीको पर्यटन प्रवद्र्धनका लागि सबैले जोड दिन आवश्यक रहेको सांसद थापाको भनाई थियो ।

त्यस्तै वडाध्यक्षहरुको तर्फबाट मल्लरानी गाउँपालिका ३ वडाध्यक्ष नोमराज पौडेलले मल्लरानी सहित मल्लरानी गाउँपालिका भित्रका सबै पर्यटकीय क्षेत्रको विकासका लागि सबैको हातेमाले आवश्यक रहको बताए ।

महोत्सवमा विभिन्न समुदायका फरकफरक खानाका परिकार, विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुनेछन् । प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्र खलंगाको आयोजनामा भएको महोत्सव बैशाख २ गतेसम्म चल्ने आयोजकले जनाएको छ । मल्लरानीको पर्यटन प्रवद्र्धनका २०७९ सालदेखि प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्र ले खाना महोत्सव सञ्चालन गर्दै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...