News Portal

रेडियो सुन्नुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

बिबश जि.एम२०८१ बैशाख ३
३२७ पटक
२०८१ बैशाख ३

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको छ । सोमबार जिबावती र लालीगुँरास सामुदायिक विपद व्यवस्थापन समितिको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको समन्वयमा कार्यक्रम भएको हो ।

मानवबाट हुने आगलागीका घटना, दुर्घटना, ग्यास चुहावटबाट हुने आगलागीलाई नियन्त्रण कसरी गर्ने, आगलागीमा परी घाइते भएकाहरुलाई कसरी प्राथमिक उपचार गर्ने लगायतका बिषयमा अभ्यास गरिएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामीले जुनसुकै विपदका घटनाहरु भए पनि बाजा बजाएर नआउने भएकाले यस्ता भैपरी आउने घटनाहरुबाट सचेत हुन सबैलाई आग्रह गरेका छन् । साथै उनले यसको लागि सबैले हातेमालो गरी सचेत भएर अघि बढ्न जोड दिएका छन् ।

समाजमा घटिरहने आगलागी, दुर्घटना लगायतका घटनाहरुलाई कसरी नियन्त्रण तथा न्यूनीकरण गर्न सकिन्छ भन्ने पूर्व तयारीका लागि कृतिम अभ्यास गरिएको जिबावती सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष हेमन्त पाठकले बताए । यस्ता घटनामा सबैलाई सचेत बनाउनका लागि पनि यो कार्यक्रम आवश्यक रहेको पाठकको भनाई छ ।

कार्यक्रममा जिबावती र लालीगुँरास सामुदायिक विपद व्यवस्थापन समितिका सदस्य, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका कर्मचारी, स्थानीयबासी लगायतको सहभागिता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा...

मल्लरानी ३ मा व्यूटिपार्लर तालिम समापन

मल्लरानी गाउपालिका वडा नं. ३ मा २ महिने व्यूटीपार्लर तालिम सम्पन्न भएको छ । गरिवी...

बिजुवारमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन

प्यूठान नगरपालिकाले कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । बजार क्षेत्रमा कुकुरको सँख्या बढ्दै गएकाले...

कर्मचारी संगठनले मनायो ३५ औं स्थापना दिवस, मृगौला पीडितलाई सहयोग

नेपाल निजामती कर्मचारी संगठन प्यूठानले स्थापना दिवसको अवसर पारेर मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ...

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...