News Portal

रेडियो सुन्नुहोस्

दलित मुक्तिको बिषयमा बैचारीकधार विषयक कार्यशाला गोष्टि जुम्रीमा सम्पन्न

झुलेनी पोष्ट २०८१ वैसाख २८
४२५ पटक
२०८१ वैसाख २८

नेपाली राज्यसत्ताको वर्गिय जातीय चरित्र र मुक्तिको बैचारीकधार विषयक एकदिने कार्यशाला गोष्ठि आज जुम्रीमा सम्पन्न भएको छ । इ.एल.सी ए संस्थाको सहयोगमा शुक्रवार होटल आयुष्मा जुम्रीमा नगरपालिका स्तरिय गोष्ठी सम्पन्न भएको हो ।

दलित कल्याण संघ प्युठानको आयोजनामा गरिएको कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष अधिवत्ता तथा दलित आन्दोलनको राजनैतिक र सामाजिक विश्लेषक मोतिलाल नेपाली ले कार्यपत्र प्रस्तुत गर्दै नेपाली राज्य सत्ताको वर्तमान अवस्था र दलित उत्पीडनका स्वरुपका विषयमा जानकारी गराएका थिए । उनले राज्य उच्चवर्ग र उच्च शासक जातिको हातमा सासन सत्ता कायम रहेको भन्दै वर्गिय स्वरुपमा सासन सत्ता चलिरहेको वताए । देशको निरंकुशता विरुद्धको आन्दोलनमा दलितहरुको त्याग तपस्या र वलिदानले कृतीमान कायम गरेको वताउदै हाल राज्यको निति निमार्ण गर्ने तहमा दलितको उचित प्रतिनिधित्व नरहेको भन्दै सबै एकजुट भएर लाग्ने उनले वताए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी प्युठान नगरपालिकाका मेयर विष्णु वहादुर योगीले प्युठान नगरपालिकालाइ छुवाछुत मुक्त र दलितको सामाजिक र आर्थिक उत्थानका लागी विषेस कार्यक्रम संचालन गर्ने वताए ।


दलित कल्याण संघ प्युठानका अध्यक्ष सुशिला नेपालीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा दलित अधिकार कर्मी , नागरिक समाज, जनप्रतिनीधी, लगायतको उपथिती रहेको थियो । दलित अधिकारकर्मी सान्तराज नेपालीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सचिव कौशिला नेपालीले राखेकी थिइन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...