News Portal

रेडियो सुन्नुहोस्

दलित मुक्तिको बिषयमा बैचारीकधार विषयक कार्यशाला गोष्टि जुम्रीमा सम्पन्न

झुलेनी पोष्ट २०८१ वैसाख २८
६८६ पटक
२०८१ वैसाख २८

नेपाली राज्यसत्ताको वर्गिय जातीय चरित्र र मुक्तिको बैचारीकधार विषयक एकदिने कार्यशाला गोष्ठि आज जुम्रीमा सम्पन्न भएको छ । इ.एल.सी ए संस्थाको सहयोगमा शुक्रवार होटल आयुष्मा जुम्रीमा नगरपालिका स्तरिय गोष्ठी सम्पन्न भएको हो ।

दलित कल्याण संघ प्युठानको आयोजनामा गरिएको कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष अधिवत्ता तथा दलित आन्दोलनको राजनैतिक र सामाजिक विश्लेषक मोतिलाल नेपाली ले कार्यपत्र प्रस्तुत गर्दै नेपाली राज्य सत्ताको वर्तमान अवस्था र दलित उत्पीडनका स्वरुपका विषयमा जानकारी गराएका थिए । उनले राज्य उच्चवर्ग र उच्च शासक जातिको हातमा सासन सत्ता कायम रहेको भन्दै वर्गिय स्वरुपमा सासन सत्ता चलिरहेको वताए । देशको निरंकुशता विरुद्धको आन्दोलनमा दलितहरुको त्याग तपस्या र वलिदानले कृतीमान कायम गरेको वताउदै हाल राज्यको निति निमार्ण गर्ने तहमा दलितको उचित प्रतिनिधित्व नरहेको भन्दै सबै एकजुट भएर लाग्ने उनले वताए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी प्युठान नगरपालिकाका मेयर विष्णु वहादुर योगीले प्युठान नगरपालिकालाइ छुवाछुत मुक्त र दलितको सामाजिक र आर्थिक उत्थानका लागी विषेस कार्यक्रम संचालन गर्ने वताए ।


दलित कल्याण संघ प्युठानका अध्यक्ष सुशिला नेपालीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा दलित अधिकार कर्मी , नागरिक समाज, जनप्रतिनीधी, लगायतको उपथिती रहेको थियो । दलित अधिकारकर्मी सान्तराज नेपालीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सचिव कौशिला नेपालीले राखेकी थिइन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...