News Portal

रेडियो सुन्नुहोस्

झिमरुक फाँटमा फेरियो धानको बिउ, नयाँ जात किसानको रोजाइ

बिबश जि.एम२०८१ बैशाख ३०
६०६ पटक
२०८१ बैशाख ३०

प्यूठानको झिमरुक फाँटमा यतिवेला धानको बिउ राख्न किसानलाई भ्याइनभ्याइ छ । गहुँबाली भित्र्याइसकेपछि किसान धान रोप्ने तयारीमा जुटेका छन् । धान रोप्नको लागि किसानले खेत समेत जोताइसकेका छन् । यसपाली किसानले नयाँ धान लगाउने तयारीमा छन् । प्यूठान नगरपालिकाले यस बर्ष किसानका लागि बिउमा अनुदानको समेत व्यवस्था गरेको छ । अनुदान मार्फत किसानले राधा १२, राधा १४, सुख्खा ३, साबित्री, राम धान लगायतका धानको बिउ रोजेका छन् ।

हिजोआज राखेको बिउ जेठको अन्तिमसम्ममा किसानले रोपी सक्छन् । असोज कात्तिकमा धान भित्र्याउछन् । धानको बिउ फरक भएपनि लगाउने र फल्ने समय उही नै भएको प्यूठान नगरपालिकाका कृषि शाखाका नायब प्राविधिक सहायक सुशिल के.एमले बताए । उनका अनुसार पहिलेको धानमा किसानलाई रोगले सताएको र धान धेरै ढल्ने गरेकाले यो बर्ष किसानले बिउ फेरेका हुन् । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको धान ४ सय ६५ बढि कृषकले पाएका छन् । प्यूठान नगरपालिकाले १० हजार ६ सय किलो धानको विउ खरिद गरी किसानलाई वितरण गरेको जनाएको छ ।

जिल्लामा ६ हजार ५ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेति गरिन्छ । त्यसको झण्डै आधा क्षेत्रफलमा झिमरुक फाँटले ओगटेको छ । झिमरुक फाँटमा करिब २ हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान लगाउँदै आएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई प्यूठानका प्रमुख चुमानसिंह गिरीले जानकारी दिए । गिरीका अनुसार एक बर्षमा जिल्लाभर ३० हजार २ सय ४५ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । झिमरुक फाँटमा मात्रै १४ हजार ३२ मेट्रिक टन उत्पादन हुने गर्दछ ।

पछिल्लो समय किसानले गाई भैसी पाल्न छोडेपछि पराल धेरै हुने धानको बिउ भन्दा उत्पादन बढि हुने जात रोज्न थालेका छन् । पहिले लगाउने राधा ७, ९ जस्ता धानबाट धानसँगै पराल पनि हुने गर्दथ्यो । अहिले धेरैजसो किसानले साबित्री धान लगाउन थालेको नगरपालिका कृषि शाखाले जानकारी दिएको छ ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउ दिएपछि नयाँ धानको बिउ राखिएको प्यूठान नगरपालिका ३ सापडाँडा की भक्ती नेपालीले बताईन् । यो विउ आफुले पहिलोपटक लगाउन थालेको उनले बताईन् ।

त्यस्तै उनी मात्र होइनन् प्यूठान नगरपालिका ४ टारीकी रमा नेपालीले पनि नयाँ धान नै लगाउने तयारी गरेकी छिन् । उनले पनि नगरपालिबाट नै बिउ लिएर नयाँ धान रोप्न लागेकी हुन् ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउ दिएकोमा किसान खुसी छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...