News Portal

रेडियो सुन्नुहोस्

झिमरुक फाँटमा फेरियो धानको बिउ, नयाँ जात किसानको रोजाइ

बिबश जि.एम२०८१ बैशाख ३०
६४१ पटक
२०८१ बैशाख ३०

प्यूठानको झिमरुक फाँटमा यतिवेला धानको बिउ राख्न किसानलाई भ्याइनभ्याइ छ । गहुँबाली भित्र्याइसकेपछि किसान धान रोप्ने तयारीमा जुटेका छन् । धान रोप्नको लागि किसानले खेत समेत जोताइसकेका छन् । यसपाली किसानले नयाँ धान लगाउने तयारीमा छन् । प्यूठान नगरपालिकाले यस बर्ष किसानका लागि बिउमा अनुदानको समेत व्यवस्था गरेको छ । अनुदान मार्फत किसानले राधा १२, राधा १४, सुख्खा ३, साबित्री, राम धान लगायतका धानको बिउ रोजेका छन् ।

हिजोआज राखेको बिउ जेठको अन्तिमसम्ममा किसानले रोपी सक्छन् । असोज कात्तिकमा धान भित्र्याउछन् । धानको बिउ फरक भएपनि लगाउने र फल्ने समय उही नै भएको प्यूठान नगरपालिकाका कृषि शाखाका नायब प्राविधिक सहायक सुशिल के.एमले बताए । उनका अनुसार पहिलेको धानमा किसानलाई रोगले सताएको र धान धेरै ढल्ने गरेकाले यो बर्ष किसानले बिउ फेरेका हुन् । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको धान ४ सय ६५ बढि कृषकले पाएका छन् । प्यूठान नगरपालिकाले १० हजार ६ सय किलो धानको विउ खरिद गरी किसानलाई वितरण गरेको जनाएको छ ।

जिल्लामा ६ हजार ५ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेति गरिन्छ । त्यसको झण्डै आधा क्षेत्रफलमा झिमरुक फाँटले ओगटेको छ । झिमरुक फाँटमा करिब २ हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान लगाउँदै आएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई प्यूठानका प्रमुख चुमानसिंह गिरीले जानकारी दिए । गिरीका अनुसार एक बर्षमा जिल्लाभर ३० हजार २ सय ४५ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । झिमरुक फाँटमा मात्रै १४ हजार ३२ मेट्रिक टन उत्पादन हुने गर्दछ ।

पछिल्लो समय किसानले गाई भैसी पाल्न छोडेपछि पराल धेरै हुने धानको बिउ भन्दा उत्पादन बढि हुने जात रोज्न थालेका छन् । पहिले लगाउने राधा ७, ९ जस्ता धानबाट धानसँगै पराल पनि हुने गर्दथ्यो । अहिले धेरैजसो किसानले साबित्री धान लगाउन थालेको नगरपालिका कृषि शाखाले जानकारी दिएको छ ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउ दिएपछि नयाँ धानको बिउ राखिएको प्यूठान नगरपालिका ३ सापडाँडा की भक्ती नेपालीले बताईन् । यो विउ आफुले पहिलोपटक लगाउन थालेको उनले बताईन् ।

त्यस्तै उनी मात्र होइनन् प्यूठान नगरपालिका ४ टारीकी रमा नेपालीले पनि नयाँ धान नै लगाउने तयारी गरेकी छिन् । उनले पनि नगरपालिबाट नै बिउ लिएर नयाँ धान रोप्न लागेकी हुन् ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउ दिएकोमा किसान खुसी छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...