News Portal

रेडियो सुन्नुहोस्

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्‍यो

भुवन विश्वकर्मा२०८१ वैशाख ३१
६२२ पटक
२०८१ वैशाख ३१

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल आयुष्मा जुम्रीमा इन्फिनिटी लघुवित्त वित्तिय संस्था लि। शाखा कार्यालय बिजुवारले कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा अनुगमन अधिकृत माधव सापकोटाले संस्थाको संरचना दृष्टिकोण, प्रगति, संचालन प्रक्रिया एवं वित्तिय साक्षरता सम्बन्धि गोष्ठी तथा प्रशिक्षण दिएका थिए । यस्तै शाखा प्रमुख विजय कुमार बोगटीले शाखाको हाल सम्मको प्रगति विवरण सहित स्वागत मन्तव्य राखेका थिए । विशेष अथिति प्यूठान नगरपालिका ४ का वडा सदस्य माया बिक गहतराजले खर्च कम गर्ने, बचत बढी गर्ने, कर्जा सदुपयोग गर्ने र राम्रो उद्यमी बन्ने सल्लाह सुझाव दिएकी थिईन ।

कार्यक्रममा ४८ वटा समुह मध्ये ३ समुहलाई पुरस्कार वितरण गरिएको छ । पहिलो पैयापानी इन्फिनिटी समुह, द्धितिय मिलिजुली इन्फिनिटी समुह, र तृतिय रातामाटा इन्फिनिटी समुहलाई पुरस्कार वितरण गरिएको थियो । प्रथम, द्धितिय र तृतिय हुने सबै समुहलाई घडी, बलपेन र प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको हो ।

साथै कार्यक्रममा उत्कृष्ट सफल व्यवसायी आशा जि।सी लाई सम्मान समेत गरिएको थियो भने कार्यक्रमको सञ्चालन सुवास सुनारले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...