News Portal

रेडियो सुन्नुहोस्

पौडेल बंश महासंघ लुम्बिनी प्रदेशको पहिलो बैठक स्वर्गद्धारीमा सम्पन्न

झुलेनी नेटवर्क२०८१ जेठ १५
८६२ पटक
२०८१ जेठ १५

प्यूठान, पौडेल बंश महासंघ लुम्विनी प्रदेश कमिटीको पहिलो बैठक प्यूठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्धारीमा सम्पन्न भएको छ। सोमबार र मंगलबार दुई चलेको बैठकले सम्पुर्ण सदस्यहरुको कार्यविभाजन गर्दै जिम्मेवारी बाँडफाँड गरेको प्रचार प्रसार विभाग प्रमुख नोमराज पौडेलले जानकारी दिए ।

कपिलबस्तुमा सम्पन्न दोश्रो अधिवेशनबाट कपिलबस्तुका टेकराज पौडेलको अध्यक्षतामा १७ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत रुपमा निर्वाचित भएपछि पहिलो बैंठक तपोभूमि स्वर्गद्धारीमा गर्न पाउँदा आफुहरु निकै उत्साहित भएको नव निर्वाचित अध्यक्ष टेकराज पौडेलले बताए। महासंघका केन्द्रिय उपाध्यक्ष सालिकग्राम पौडेलको प्रमुख आतिथ्यता, केन्द्रिय कोषाध्यक्ष युवराज पौडेलको विशेष आतिथ्यता, केन्द्रिय सदस्यहरु रामचन्द्र पौडेल र लिला पौडेलको आतिथ्यतामा बैठक सम्पन्न भएको हो।
बैठकले अधिवेशनको समिक्षा गर्दै अधिवेशन सम्पन्न गर्न महत्वपुर्ण भूमिका खेल्ने कपिलबस्तु जिल्ला समितिलाई विशेष धन्यबाद प्रस्ताव पारित गरेको छ। साथै अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सहयोगीमनहरुलाई समेत धन्यवाद ज्ञापन गरेको प्रचार प्रसार विभाग प्रमुख नोमराज पौडेलले बताए।

बैंठकबाट लुम्बिनी प्रदेशका १२ जिल्लामा खटिने गरि जिम्मेवारी बाँडफाड गरिएको छ। महासंघको सदस्यता विस्तार , पालिका तथा वडा कमिटीहरु गठन लगाएतका महासंघका गतिविधिहरु संचालन गर्न जिल्ला कमिटी संगको समन्वयमा काम गर्ने गरि प्यूठानमा नोमराज पौडेल, बाँके भिम प्रसाद पौडेल, बर्दिया दधिराम पौडेल,रुकुम र रोल्पा जित कुमार के.सी पौडेल, कपिलवस्तु जीवलाल पौडेल, अर्घाखाँची फर्सुराम पौडेल,गुल्मी कृष्ण प्रसाद पौडेल र नवलपरासी राम चन्द्र पौडेललाई जिम्मेवारी तोकिएको छ। त्यस्तै दाङ, पाल्पा र रुपन्देहीमा अर्को बैंठकले जिम्मेवारी तोक्ने अध्यक्ष टेकराज पौडेलले बताए।

त्यस्तै बैठकले विभिन्न उपसमितिको संयोजकको जिम्मेवारी समेत तोकेको छ।
प्रदेश स्तरिय वंशावली निर्माण उपसमितिको संयोजकमा लुम्विनी प्रदेश उपाध्यक्ष जायश्वर पौडेल, पुजाँविधि संकलन उप समिति संयोजकमा प्रदेश समिति सदस्य फर्सुराम पौडेल , संचार तथा प्रचार प्रसार उप समिति संयोजकमा प्रदेश सदस्य नोमराज पौडेल , संगठन विभाग उप समितिको संयोजकमा प्रदेश सचिव भरतमणी पौडेल र आर्थिक तथा मुठीदान संकलन उपसमितिको संयोजकमा प्रदेश कोषाध्यक्ष बाबुराम पौडेललाई जिम्मेवारी तोकेको छ। बैंठकले स्वर्गद्धारी आश्रमले बैंठक सम्पन्न गर्न महत्वपुर्ण सहयोग गरेकाले धन्यवाद ज्ञापन गर्दै सम्मान पत्रबाट सम्मान समेत गरेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...