News Portal

रेडियो सुन्नुहोस्

जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारीमा

बिबश जि.एम२०८१ जेष्ठ ३०
५४७ पटक
२०८१ जेष्ठ ३०

प्यूठान जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् । जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिना सम्मका बालबालिकाहरुलाई दिनुपर्ने खोपहरु सबै पुरा भएपछि स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

बैशाख ३१ गते गौमुखी गाउँपालिकाबाट सुरु भएको पूर्ण खोप सुनिश्चितता कार्यक्रम झिमरुक गाउँपालिकामा जेष्ठ २७ गते सम्पन्न भएको स्वास्थ्य कार्यालय प्यूठानका खोप अधिकृत मधुसुदन खड्काले जानकारी दिए । उनका अनुसार जन्मेदेखि १५ महिनासम्मका ४ हजार ३ सय २५ र १६ देखि ५९ महिनासम्मका १३ हजार ३ सय ५८ जना बालबालिका रहेका छन् ।

सर्वेक्षण गरेर लगाएका ६७ जना मध्ये ११ जना बालबालिकाले एउटा पनि खोप नलगाएको पाईएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणाभइ प्रक्रिया पुरा भईसकेको भन्दै अब जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारीमा रहेको पनि खोप अधिकृत खड्काको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...