News Portal

रेडियो सुन्नुहोस्

जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारीमा

बिबश जि.एम२०८१ जेष्ठ ३०
७१२ पटक
२०८१ जेष्ठ ३०

प्यूठान जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् । जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिना सम्मका बालबालिकाहरुलाई दिनुपर्ने खोपहरु सबै पुरा भएपछि स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

बैशाख ३१ गते गौमुखी गाउँपालिकाबाट सुरु भएको पूर्ण खोप सुनिश्चितता कार्यक्रम झिमरुक गाउँपालिकामा जेष्ठ २७ गते सम्पन्न भएको स्वास्थ्य कार्यालय प्यूठानका खोप अधिकृत मधुसुदन खड्काले जानकारी दिए । उनका अनुसार जन्मेदेखि १५ महिनासम्मका ४ हजार ३ सय २५ र १६ देखि ५९ महिनासम्मका १३ हजार ३ सय ५८ जना बालबालिका रहेका छन् ।

सर्वेक्षण गरेर लगाएका ६७ जना मध्ये ११ जना बालबालिकाले एउटा पनि खोप नलगाएको पाईएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणाभइ प्रक्रिया पुरा भईसकेको भन्दै अब जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारीमा रहेको पनि खोप अधिकृत खड्काको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...