News Portal

रेडियो सुन्नुहोस्

प्यूठान जिल्लामा १२ प्रतिशत मात्र विद्यार्थी उत्तिर्ण

झुलेनी नेटवर्क२०८१ असार १३
७२३ पटक
२०८१ असार १३

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ । प्यूठान जिल्लाबाट (एसईई) दिएका ३ हजार ७ सय ३५ जना विद्यार्थीमध्ये ४ सय ४४ जना मात्र विद्यार्थी उत्तिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्काले जानकारी दिए । उत्र्तिण भएकामध्ये ३० जनाले ए प्लस ग्रेड ल्याएका छन् । यो नतिजा अनुसार जिल्लामा १२ प्रतिशत मात्र विद्यार्थी उत्तिर्ण भएको खड्काको भनाई छ ।

सामुदायिक तर्फ ७३ र संस्थागतबाट ७ विद्यालय गरी ८० विद्यालबाट (एसईई) परिक्षामा विद्यार्थी सहभागि भएका थिए । शिक्षा विकास तथा समन्वय इकाईले अहिले बिस्तृत रुपमा पालिकागत र विद्यालयगतमा नतिजा प्रकाशन गर्ने जनाएको छ । कुन विद्यालय र पालिकाबाट कति विद्यार्थी पास भए भन्ने तथ्यांक निकाल्नको लागि ३ जनाले निरन्तर रुपमा नतिजाको काम गरिरहेको शिक्षा समन्वय प्रमुख खड्काको भनाई छ । साथै शुक्रबार सम्ममा पूर्ण रुपमा नतिजा प्रकाशन गर्ने तयारी समेत रहेको उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...