News Portal

रेडियो सुन्नुहोस्

प्यूठान जिल्लामा १२ प्रतिशत मात्र विद्यार्थी उत्तिर्ण

झुलेनी नेटवर्क२०८१ असार १३
४७४ पटक
२०८१ असार १३

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ । प्यूठान जिल्लाबाट (एसईई) दिएका ३ हजार ७ सय ३५ जना विद्यार्थीमध्ये ४ सय ४४ जना मात्र विद्यार्थी उत्तिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्काले जानकारी दिए । उत्र्तिण भएकामध्ये ३० जनाले ए प्लस ग्रेड ल्याएका छन् । यो नतिजा अनुसार जिल्लामा १२ प्रतिशत मात्र विद्यार्थी उत्तिर्ण भएको खड्काको भनाई छ ।

सामुदायिक तर्फ ७३ र संस्थागतबाट ७ विद्यालय गरी ८० विद्यालबाट (एसईई) परिक्षामा विद्यार्थी सहभागि भएका थिए । शिक्षा विकास तथा समन्वय इकाईले अहिले बिस्तृत रुपमा पालिकागत र विद्यालयगतमा नतिजा प्रकाशन गर्ने जनाएको छ । कुन विद्यालय र पालिकाबाट कति विद्यार्थी पास भए भन्ने तथ्यांक निकाल्नको लागि ३ जनाले निरन्तर रुपमा नतिजाको काम गरिरहेको शिक्षा समन्वय प्रमुख खड्काको भनाई छ । साथै शुक्रबार सम्ममा पूर्ण रुपमा नतिजा प्रकाशन गर्ने तयारी समेत रहेको उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...