News Portal

रेडियो सुन्नुहोस्

बल्लेखोला–मैरामारे जाने बाटो बर्षाले अवरुद्ध

झुलेनी नेटवर्क२०८१ असार १४
१६४ पटक
२०८१ असार १४

नौबहिनी गाउँपालिका– ७ बल्लेखोला–मैरामारे जाने बाटो बर्षाले अवरुद्ध गरेको छ । असार ११ गते मंगलबार राती परेको पानीले बाटो अवरुद्ध गरेपछि यातायात ठप्प रहेको छ । बल्लेखोला देखी मैरामारेसम्म पुग्ने बाटो करिब ५ ठाउँमा जमिना भासिने र पहिरो आउने गरेको वडा नं ७ का वडाध्यक्ष रोम प्रसाद बुढाथोकीले जानकारी दिए । अध्यक्ष बुढाथोकीका अनुसार पहिरोले बाटोलाई खोल्सा बनाईदिदा पैदल यात्रा गर्न समेत कठिन परेको छ ।

अहिले सकड पूर्वाधार कार्यालय प्यूठानले पहिरोको अवस्था बारे बुझेको वडाध्यक्ष बुढाथोकीको भनाई छ । बल्लेखोला देखि मैरामारेसम्म जाने बाटो कालीमाटी, बिलौनी खोला, सुर्दिप स्वास्थ्य चौकी जाने बाटोको गोगनपानी खोला लगायतका ठाउँमा पहिरोले बाटो अस्तव्यस्त बनाएको छ । यसको लागि आफुले पालिका र सम्बन्धित कार्यालयमा समेत यो समस्या जानकारी गराएको बताए ।

स्थानीय तह सञ्चालनमा आएपछि २०७५ सालदेखि नयाँ ट्र्याकमा सुरु भएको बल्लेखोला–मैरामारे मोटरबाटोमा बर्खाको समयमा त्यस ठाउँका स्थानीयले सास्ती खेप्दै आएका छन् । साघुँरो बाटो भएका कारण बल्लेखोला–मैरामारे बाटोको स्तरोन्नतीको लागि अहिले प्रदेश र गाउँपालिकाबाट बजेट विनियोजन भएको छ । बाटो खुलाउनको लागि आफु लागि परेको र गाउँपालिकामा समेत यसको लागि पहल थालेको अध्यक्ष बुढाथोकीको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१भाद्र ३१ सोमवार

मेष वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण...

सहकारी छानविन समितिमा प्रधानमन्त्रीले भने– सरकारले तपाइहरुको सुझाव कार्यवयन गर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी क्षेत्रका समस्या समाधान गर्न स‌सदिय समितिले दिने प्रतिवेदन सरकारले कार्यन्वयन...

संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे...

ताप्लेजुङमा भूकम्पको धक्का

ताप्लेजुङमा भूकम्प गएको छ । शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको  हो । ताप्लेजुङको ल्होनाकलाई...

आजको राशिफल|: २०८१भाद्र ३० आइतवार

मेष आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको...