News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पतालमा पहिलोपटक रेडियोलोजिस्ट

झुलेनी नेटवर्क२०८१ असार १८
९३१ पटक
२०८१ असार १८

जिल्ला अस्पताल बिजुवार प्यूठानमा पहिलोपटक रेडियोलोजिस्टद्धारा एक्सरे सेवाको सुरुवात भएको छ । झिमरुक गाउँपालिका २ बादिकोटमा जन्मिएका डाक्टर छवि खड्कालाई जिल्ला अस्पताल प्यूठानले मंगलबार एक कार्यक्रमका विच स्वागत गरेको छ ।

यस अघि अस्पतालले बेशिक रुपमा भिडियो एक्सरे गर्दै आएकोमा रेडियोलोजिस्ट डा.खड्काको आगमनसँगै अब जिल्लामा भिडियो एक्सरे सेवामा विशेषज्ञ सहितको सेवा सुचारु हुने अस्पतालका प्रमुख डा.राजेन्द्र पौडेलले जानकारी दिए । अवदेखि एक्सरेतर्फ पनि सेवाग्राहीले सहज रुपमा विशेषज्ञ सहितको सेवा पाउने अस्पतालका प्रमुख पौडेलको भनाई छ ।

जिल्ला अस्पतालबाट यस अघि मेडिकल अफिसर र एम.डी.जि.पी डाक्टरहरुले सेवा दिँदै आएका थिए । भर्खरै जिल्लामा आएका डा. खड्काले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालबाट रेडियोलोजिष्ट विषयमा एम.डी उत्तिर्ण गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...