News Portal

रेडियो सुन्नुहोस्

नमस्ते प्यूठान यातायात सेवा प्रा.लिद्धारा ३ वटा एसी सहितको बस सञ्चालनमा

झुलेनी नेटवर्क२०८१ असार २०
५५१ पटक
२०८१ असार २०

नमस्ते यातायात सेवा प्रा.लि प्यूठानका कार्यालय प्रमुख दिल बहादुर दसौदीले यात्रुहरुसँग नम्र व्यवहारका साथ नयाँ एसी सस्पेन्सर रात्री सेवा बस सञ्चालनमा लिएको बताएका छन् । विहीबार प्यूठान नगरपालिका ८ बाग्दुलामा रहेको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी बस सेवा सञ्चालनको बारेमा यस्तो जानकारी दिएका हुन् । यात्रुहरुलाई स्वस्थ खानाको व्यवस्था, शिष्टाचार व्यवहार लगायतका विषयमा चालक सहचालक सँग सुझाव लिएको बताए ।

प्रा.लिका अध्यक्ष लिलापसिंह के.सीले संस्थामा सबै यूवैयूवाको सञ्जाल रहेको बताउँदै यो अवस्थासम्म आउँदा धेरै सफलता हासिल गरेको बताए । नेपाल सरकारद्धारा निर्धारण गरिएको भाडादर भन्दा एक रुपैयाँ पनि कुनै यात्रुबाट बढि नलिने समेत दाबी गरेका छन् । विभिन्न समस्याको बाबजुत प्यूठानी जनतालाई आरामदायि यात्रा गर्नको लागि सुविधा सम्पन्न बस जिल्लामा पहिलोपटक भित्र्याएको बताए । साथै जिल्लामा खोलिएको यो संस्था एउटा व्यक्तिको मात्र नभई साझा प्यूठानी जनताको भएको उल्लेख गरेका छन् ।

प्रा.लि स्थापना गरेको आठौ बसन्त पार गरेको अवसरमा नयाँ र फरक काममा जोडिएको प्रा.लिका महासचिव मुकेश थापाले बताए । नमस्ते प्यूठान यातायात सेवा प्रा.लि नयाँ भएपनि यसले केही गर्न खोजेको संस्था भएको उनको भनाई थियो । साथै अहिलेसम्म नमस्ते यातायात सेवा प्रा.लिबाट कुनै पनि अपृय ठूला घटना व्यहोर्न नपरेको समेत दाबी गरे ।

प्रा.लि द्धारा हाल जिल्लामा भित्रिएका ३ वटा रात्री एसी सस्पेन्सर बसमा ३७ सिट सहित २ वटा सिल्भर सिट रहेको प्रा.लिले जनाएको छ । प्रा.लि का अनुसार बस भित्र सिसिटिभी क्यामेरा, आरामदायि सिट, सेनिटरी प्याड, शुद्ध खानेपानी, फ्री वाईफाई, सुझाब पेटिका लगायतका व्यवस्था रहेको जनाएको छ । यस्तै प्रा.लिले प्यूठान सदरमुकाम खलंगाबाट सेवा दिन लागेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...