News Portal

रेडियो सुन्नुहोस्

हिमालयन लघुवित्त वित्तीय संस्था द्वारा जगत्रदेवी मन्दिरमा ४० हजार बराबरको सहयोग

झुलेनी नेटवर्क २०८१ असार २१
५३९ पटक
२०८१ असार २१

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कपिलवस्तु शिवपुर ले शिवराज नगरपालिका वडा नं १ मा रहेको जगत्रदेवी मन्दिरमा ४० हजार बराबरको सहयोग गरेको छ ।

संस्थाले आफ्नो १२ औँ बार्षिक उत्सवको अवसरमा शुक्रबार एक कार्यक्रमका बीच मन्दिरमा भौतिक सामाग्री वितरण गरेको हो ।
१३ वर्षमा प्रवेश गरेको संस्थाको सुखद उपलक्ष्यमा सामाजिक उतरदायित्व अन्तर्गत मन्दिरमा भौतिक सामाग्री वितरण गरेको संस्थाका क्लष्टर प्रमुख कृष्ण बहादुर अधिकारीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथी शिवराज नगरपालिका वडा नं १ का वडा अध्यक्ष खिम बिक्रम केसीले वित्तीय संस्था नाफा मुलक नभई सेवा मुलुक रहेको बताएका छन् । बिभिन्न उत्पादनमुखि तालिम, वित्तीय साक्षरता लगायत सदस्य मैत्री तालिम कार्यक्रम समेत गरी सदस्यको जिवनस्तर उकास्न महत्त्वपूर्ण योगदान गरेको प्रमुख अतिथी केसीले बताए । उनले मन्दिरमा लक्षित गरि भौतिक सामाग्री वितरण गर्दैै सहयोग गरेकोमा धन्यावाद व्यक्त गर्दै आगामि दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको बताए।
लघुवित्तले सामाजिक उत्तर दायित्व कोष अन्तर्गत शिक्षा, स्वास्थ्य तथा कृषि लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताउदै कार्यक्रमका अध्यक्ष एवम संस्थाका क्लष्टर प्रमुख कृष्णबहादुर अधिकारीले संस्थाका सदस्यहरू संग आर्थिक कारोबार मात्रै नभई सदस्यको क्षमता अभिवृद्धि, सिप विकास र आयआर्जनका लागि संस्थाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । उनका अनुसार संस्थाले विगत देखिनै सहयोग गर्दै आएको र यस्ता कार्यहरू निरन्तर रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
संस्थाका सम्पुर्ण कर्मचारी ,सदस्यहरु र स्थानियहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन शाखा कार्यालय शिवपुरका शाखा प्रमुख पदम खड्काले गरेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...