News Portal

रेडियो सुन्नुहोस्

यूवा गैरसरकारी संस्था महासंघ प्यूठान शाखा अध्यक्षमा प्रज्वल पहाडी

बिबश जि.एम२०८१ असार २५
२६१ पटक
२०८१ असार २५

यूवा गैरसरकारी संस्था महासंघ प्यूठानको भेला सम्पन्न भएको छ । मंगलबार जुम्रीमा भएको भेलाले प्रज्वल पहाडीको संयोजकत्वमा ७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा बोम बहादुर परियार, सचिव बिमल प्रसाद पोख्रेल, सहसचिव हेमन्त पाठक र कोषाध्यक्षमा स्मृति घर्तीमगरलाई चयन गरेको छ । भेलाले सदस्यमा २ जना पछि थप गर्ने गरी हाललाई रिक्त राखेको छ ।

त्यस्तै भेलाले सल्लाहकारमा भगत कर्माचार्य, सञ्जय रिजाल, जुमानसिंह के.सी र झविन्द्र शर्मालाई चयन गरेको छ ।
भेलामा सहभागिहरुले जिल्लामा गैरसरकारी संस्था भएपनि स्थानीय तहहरुले त्यति चासो नदिँदा नीजि क्षेत्रका संस्था वा कुनै पनि समुह ओझेलमा परेको बताएका थिए । साथै गैरसरकारी संस्था भन्दा एउटा व्यक्ति गएर कार्यक्रम सञ्चालन गरेको पाईएकाले यस्तो कार्यले संस्थालाई बलियो बनाउन नसकिने बताएका छन् । उनीहरुले यसको लागि संस्था बलियो र सक्रिय भएर लाग्नुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै यूवा गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष नारायण गिरीले संस्थालाई गतिशील बनाउँदै लैजान समेत आग्रह गरेका छन् । साथै संस्था बलियो बनाउनको लागि सक्रिय भएर लाग्नुपर्ने सुझाव समेत दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...