News Portal

रेडियो सुन्नुहोस्

जटिल रोगसँगको सङ्घर्षदेखि मुख्यमन्त्री सम्मको चेतनारायण आचार्यको यात्रा

झुलेनी नेटवर्क२०८१ श्रावण ८
१२७ पटक
२०८१ श्रावण ८

अर्घाखाँचीको अर्घाका चेतनारायण आचार्यलाई एक दशकअघि क्यान्सर, मिर्गौलाजस्ता गम्भीर रोग लागेर थला पार्‍यो । जीवनप्रति निराशामा गएका आचार्य पुनः फर्केर राजनीतिमा आउने धेरैलाई विश्वास थिएन ।

नेपाल र भारतका नाम चलेका अस्पतालमा लाखौँ खर्चेर ठिक नभएको उहाँलाई प्राकृतिक उपचारपछि निको भयो र भएर पुनः राजनीतिमा क्रियाशील हुनुभयो ।

आचार्य अहिले आफूभन्दा सिनियर नेतालाई पछि पार्दै लुम्बिनीको मुख्यमन्त्री बनेर सबैलाई आश्चर्यमा पार्नुभएको छ । ।

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । सोमबार दिउँसो काँग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको हस्ताक्षर पत्र सहित आचार्यले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।

अर्घाखाँची जिल्ला साबिक अर्घा गा.वि.स. वडा नं. ३ अधेरी (हाल सन्धिखर्क नगरपालिका वडा नं. ९) मा पिता टिकाराम आचार्य र माता तारादेवी आचार्यको कोखबाट २०२४ जेठ २१ गते जन्मिनुभएका चेतनारायण आचार्य ११ वर्षको उमेरबाट अनेरास्ववियुमा सङ्गठित हुनुभएको थियो । पिता टिकाराम आचार्य अर्घाखाँची जिल्लाको कम्युनिस्ट पार्टीको संस्थापक नै भएकोले उहाँ बुवा एवं परिवारको प्रभावबाट राजनीतिमा आबद्ध गर्नुभयो ।

२०४० सालमा अनेरास्ववियु जिल्ला कमिटीको सदस्यमा निर्वाचित हुनुभएका आचार्य २०४३ सालमा उच्च शिक्षा अध्ययनको क्रममा बुटवल जानुभयो र अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसको प्रा.क. अध्यक्ष र जिल्ला कमिटी सदस्य बन्नु भयो ।

उहाँको तत्कालीन पार्टीले अर्घाखाँची जिल्लामा फर्काएपछि २०४६ सालमा इलाका कमिटी सदस्य, २०४७ सालदेखि जिल्ला कमिटी सदस्य र जिल्ला कमिटी सचिवालय सदस्य भई ७ वर्ष काम गर्नुभयो । २०५४ सालको पार्टीको तेस्रो जिल्ला अधिवेशनबाट ३० वर्षको उमेरमा अर्घाखाँची जिल्ला पार्टीको सचिव (तत्कालीन पार्टी प्रमुख) मा निर्वाचित हुनुभयो । २०५४ पछि चौथो र पाचौं जिल्ला अधिवेशनबाट समेत सचिव पदमा निर्वाचित आचार्यले ११ वर्ष निरन्तर पार्टी प्रमुखको रूपमा काम गर्नुभयो ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नं. १ वाट पराजित आचार्य २०६५ देखि २०६९ सम्म लुम्बिनी अञ्चल कमिटी सदस्य भई पार्टी कामलाई निरन्तरता दिनुभयो । २०६९ सालमा भएको पार्टी जिल्लाको सातौँ जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित आचार्यले नेकपा कालिन एकताको अवधिमा समेत अध्यक्ष भई ९ वर्ष पुनः जिल्ला पार्टी प्रमुखको रूपमा कार्यभार सम्हाल्नुभयो

। २०७४ सालका भएको प्रदेश सभा निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं. १ बाट निर्वाचित आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री र ग्रामीण तथा सहरी विकास तथा खानेपानी मन्त्रीको समेत कार्यभार सम्हाल्नुभयो । २०७८ सालमा सम्पन्न उहाँको पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित आचार्य अर्घाखाँची जिल्लाको सह इन्चार्जको जिम्मेवारीमा रहनुभयो ।

२०७९ सालको प्रदेश सभा निर्वाचनमा गठबन्धनका सँग प्रतिस्पर्धा गरी अर्घाखाँची प्रदेश क्षेत्र नं. १ बाट निर्वाचित आचार्य नेकपा एमाले संसदीय दलको उपनेता बन्नुभयो । साथै लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभयो ।

कानुन विषयमा स्नातक गरेका आचार्य पार्टीमा आजीवन पूर्णकालीन भई काम गरिरहनु भएको छ । विभिन्न आन्दोलनहरूमा जेल जीवन समेत व्यतीत गर्नुभएका आचार्यले क्यान्सर जस्तो भयानक रोगलाई समेत जितेर पार्टी काममा क्रियाशील हुनुभयो । सोमवार मुख्यमन्त्री नियुक्त हुनुभएका आचार्य कुशल संगठक एवँ लोकप्रिय र प्रभावशाली नेताको रूपमा चिनिनुहुन्छ ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१भाद्र ३१ सोमवार

मेष वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण...

सहकारी छानविन समितिमा प्रधानमन्त्रीले भने– सरकारले तपाइहरुको सुझाव कार्यवयन गर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी क्षेत्रका समस्या समाधान गर्न स‌सदिय समितिले दिने प्रतिवेदन सरकारले कार्यन्वयन...

संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे...

ताप्लेजुङमा भूकम्पको धक्का

ताप्लेजुङमा भूकम्प गएको छ । शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको  हो । ताप्लेजुङको ल्होनाकलाई...

आजको राशिफल|: २०८१भाद्र ३० आइतवार

मेष आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको...