प्यूठान जिल्लाको झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकामा आज देखी विद्युत सेवा अवरुद्घ हुने भएको छ ।
झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकाका विभिन्न स्थानमा विद्युत प्रशारण लाईन स्तरोन्नती तथा सुदृढिकरण गर्नुपर्ने भएकाले ४ दिनसम्म विहान ७ बजेदेखि सांझ ७ बजेसम्म विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण वितरण प्यूठान केन्द्रले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानको कार्यक्षेत्र अन्तर्गत पर्ने झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकामा ३३ के.भि प्रशारण लाईन जोड्नुपर्ने भएको हुँदा विहान ७ देखि बेलुका ७ बजेसम्म १२ घण्टा विद्युत आपुर्तिमा समस्या हुने जनाएको हो ।