News Portal

रेडियो सुन्नुहोस्

सबैका मनका अवार्ड जितेका भान्जालाई राष्ट्रिय पृथ्वी अवार्ड

गोविन्द विश्वकर्मा पाैष ०२ काठमाडौं
१९६४ पटक
पाैष ०२ काठमाडौं

पछिल्लो समयमा निकै चर्चित एवम् व्यस्त एरेन्जरका रूपमा स्थापित भएका कृष्ण विक भान्जाले सर्बाेत्कृष्ट संगीत संयोजक (एरेन्जर) तर्फको छैठौं पृथ्वी राष्ट्रिय अवार्ड हात पार्न सफल छन । गत मंसिर २९ गते शनिबार काठमाडौंमा सम्पन्न उपत्यका समन्वय समितिद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा उनले अवार्ड हात पारेका हुन । यस अगाडि उनले यस्ता थुप्रै राष्ट्रिय स्तरका अवार्डहरू हात पारिसकेका छन ।

बाग्लुङ जिल्ला, बागलुङ नगरपालिकामा बुवा प्रेम बहादुर वि.क. र आमा अमृता वि.क काे कोखबाट जन्मिएका कृष्ण विकलार्इ विशेष गरेर संगीतकर्मीहरुकाे वीचमा भान्जा उपनामले नामले परिचित छन । सुरूमा प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा अाफ्नाे मामा बरिष्ठ संगीतकार एवमं संगीत संयाेजक बिबि अनुरागी, कुशल ध्वनी सम्पादक श्याम स्वेत रसाइली र लाेकप्रिय गायिका सानिमा स्वरुपा रसाइलीकाे प्रेरेणाले संगीत संयाेजन सुरु गरेका भान्जा अहिले नेपाली गीत संगीतकाे क्षेत्रमा चर्चित व्यस्त एवमं लाेकप्रिय संगीत संयाेजक (एरेन्जर)काे रुपमा स्थापित भएका छन ।

अाफ्ना मामाहरुकाे निरन्तर प्रेरेणा अनि संगीत प्रतिको उनको गहिरो मेहनत लगाबका कारण उनी एरेञ्जरका रूपमा सबै सामु चिनिन सफल भएका छन । एरेञ्जरका रूपमा स्थापित भएका भान्जाका एरेन्ज नेपालका लोकप्रिय र स्तरीय स्टुडियोहरूमा रेकर्डिङ हुने गरेका छन ।

भान्जा यस क्षेत्रमा २०६७ साल देखि निरन्तर क्रियाशिल रहिरहेका छन । उनी एरेन्जरकाे रुपमा काम गर्न थालेकाे ९ वर्ष पुगेकाे छ । ९ वर्ष सम्म निरन्तर एरेन्ज गरेर अाइरहदाँ उनले हजार भन्दा बढी लाेकदाेहाेरी अाधुनीक लगायत अन्य गीतहरुमा एरेन्ज गरिसकेका छन । नेपाली गीत संगीतको क्षेत्रबाट केही गर्छु भनेर यस क्षेत्रमा गहिराे मेहनत गर्दै अाफ्ना पाइलाहरु अगाडि बढाएका भान्जा अहिले सफल समेत बनेका छन ।

अर्जुन काैशलकाे शब्द संगीतमा गायिका स्वरुपा रसाइलीकाे अावाज रहेकाे “कहाँ छाै कहाँ” भन्ने गीतवाट एरेन्जमा सुरु गरेका भान्जाले पहिलाे एरेन्जले मा नै लोकप्रियता कमाएका थिए । त्यसपछि उनले क्रमश एरेन्ज गर्न सुरु गरेपछि राम जि खाँडकाे
“फूल फूलेर पहेलै भयाे” भन्ने गीत सर्वाधिक चर्चित भएपछि उनी एरेन्जरहरुकाे लाइमा एक नम्वरमा अाफूलाइ उभ्याउन सफल भएका हुन । त्यसपछि उनले क्रमश “तिउन मिठाे बनायाे चुकैले” “छलछल पानी” “अमिलाे रसैले” “बाच्छिले धान खायाे” “रातो घलेकीमा” तीज गीत लाैरी हरायो, त्यसैगरी आधुनिक तर्फ अन्त माया लाको भए जस्ता बहुचर्चित गीतका एरेन्ज गरेका भान्जा हिजाे अाज निकै व्यस्त बनेका छन । भान्जाले नेपाली लोकदोहोरी गीत संगीतका एवम् आधुनिक, पप, देउडा गीतका हस्तिहरू संग काम गरिसकेका छन । सानै देखी सांगीतिक क्षेत्रमा लाग्ने सोच भएका भान्जालार्इ घर परिवार र साथी भाईहरुको हौसला संगै साथ सहयाेग पनि मिलेकाे छ ।

१८ वर्षकाे सानै उमेर देखि एरेन्ज गर्न सुरु गरेका भान्जा केही समय अगाडि सम्म नेपालका कान्छा एरेन्जरका रुपमा पनि अाफूलाइ चिनाएका थिए । कलिलाे उमेरमै निकै प्रगति गरेर भान्जाले सबैलार्इ उमेरले हैन काम गर्ने मेहनत र खुविले हाे भन्ने कुरा प्रष्ट देखाइदिएका छन । फुर्सदकाे समयमा रेकडिस्ट तथा गीतकाे ध्वनी सम्पादन समेतकाे गर्ने गरेका भान्जा अहिले एरेन्जमा नै अत्याधिक व्यस्त हुन थालेपछि धेरै समय एरेन्ज मै खर्चिने गर्दछन । साथै उनले सबै बिधाका गीतहरुकाे एरेन्जमा अाफूलार्इ सफल एरेन्जरकाे रुपमा चिनाएका छन ।

अहिलेकाे यूवा पुस्तालार्इ समेटेर एरेन्ज गर्छन भान्जा तर उनकाे एरेन्जमा कहिल्यै पनि लाेकपन हराएकाे हुदैन । दिनमा धेरै काम अाएपनि उनी २ वटा देखि ३ वटा सम्म मात्र गीतका एरेन्ज गर्छन । निकै मेहनत गर्ने तर थाेरै काम गर्ने उनकाे स्वभाव र क्षमताले अनुज देखि अग्रज सम्मका कलाकार, सर्जक सष्टाहरुकाे मन तानेकाे छ । गीतकाे भाव बुझेर एरेन्ज गर्ने भान्जा विशेष गरेर कम्युटर प्रविधिकाे अधिकतम प्रायाेग गरी डिजिटल म्यूजिक बनाउन माहिर मानिन्छन ।

उनले म्यूजिक एरेन्जरवाटै धेरै पटक सर्वाेउत्कृष्ट म्यूजिक एरेन्जरकाे अवार्ड समेत हात पारेका छन । दर्शक श्राेताकाे नजरमा कम चिनिए पनि कलाकर्मी संगीतकर्मीहरुका लागि उनी निकै लाेकप्रिय रहेका छन । उनले अाफूले सके जतिकाे समय गीत संगीतकाे क्षेत्रमा नै लगानी गर्ने बताउँछन । अाैपचारिक शिक्षा स्नातक सम्म हासिल गरेका भान्जा नितान्त यही म्यूजिक एरेन्जर पेशामा खटिरहेका छन । उनकाे याे याेगदान सांगीतिक क्षेत्रका लागि अझै अावश्‍कता भएकाले निरन्तर कर्मकाे लागि हाम्रो तर्फबाट शुभकामना ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...