News Portal

रेडियो सुन्नुहोस्

फेरियो नौबहिनीको बहाने बजार

बिबश जि.एम(बहाने)२०८१ श्रावण १५
१९४ पटक
२०८१ श्रावण १५

उत्तरी प्युठानको मुख्य व्यापारी केन्द्र बहाने बजार पछिल्ला केही वर्षयता फेरिँदै गएको छ । स्थानीय तह कार्यान्वयनसंगै नौबहिनी गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्र बनेसँगै बहाने बजार क्षेत्रमा चहलपहल बढ्न थालेको हो । नौबहिनी गाउँपालिकाले बहाने बजारलाई केन्द्र मानेर  मुख्य–मुख्य बस्तीहरूमा जाने सडकहरू स्तरोन्नती साथै कालोपत्रे गर्ने योजनाहरू अघि बढाएको छ । यसले गर्दा गाउँबाट बहाने झर्न र बाहानेबाट उपभोग्य बस्तु गाउँसम्म पुर्याउन स्थानीयलाई सहजता भएको छ । साबिकका स्वाउलिवाङ्ग, डाम्री, लिघा, खवाङ्ग, लुङ र फोप्ली गाविसहरू मिलेर बनेको नौबहिनी गाउँपालिकाको केन्द्र बहाने बजार स्थानीय तह नबन्दैको समेत व्यापारिक केन्द्र हो ।

२०६२ सालमा सडक सञ्जालसङ बहाने बजार जोडिएसँगै त्यस क्षेत्रको बजार शैली बदलियो । बाग्दुलासम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता हट्यो र बहानेसम्म गाडीबाटै पुग्न सकिने भयो ।

बहुदलपछि बिस्तारै पसलहरू बस्न थालेको स्थानीय अगुवाहरु बताउँछन् । बहाने बजारमा गाडी नपुग्दासम्म स्थानीय व्यापारीले भरियामार्फत सामान बोकाएरै सामान ल्याउँथे । २०६२ सालमा सडक सञ्जालसङ बहाने बजार जोडिएसँगै त्यस क्षेत्रको बजार शैली बदलियो । बाग्दुलासम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता हट्यो र बहानेसम्म गाडीबाटै पुग्न सकिने भयो । २०४८ साल देखी बहानेमा व्यापार गर्दै आएका स्थानीय व्यापारी खिमबहादुर के.सी. (शङ्कर)ले बहानेमा पसल गर्दाको किस्सा सुनाउँदै भने– “१०–१२ वर्ष सम्म ज्यालादारीमा मान्छे (भरिया) लगाएर सामान ल्याएर पसल गरियो । २०६२ सालमा बाटो आएपछि सहज भयो । पहिले त गाडी निरन्तर चल्दैनथ्यो, निरन्तर चल्न थालेपछि झनै सजिलो भयो ।” व्यवसायी के.सी. ले भने– “कालोपत्रे भएपछि त झन् हिलो र धुलोबाट वाँचिने भइयो ।”

८ वटा वडा रहेको नौबहिनी गाउँपालिकाको केन्द्र बहाने बजार कालोपत्रे भएसँगै बजारमा सहजता त भएकै छ, अव गाउँमा पनि कालोपत्रे हुने आशामा त्यहाँका स्थानीय छन् । नौबहिनी २ लिघा पिनाराका दुजबहादुर घर्ती मगरले भने– “बहाने पक्की भएछ अव गाउँसम्मै आउला नि !”नौबहिनी गाउँपालिका ६ बहाने बजार कालोपत्रे भएपछि त्यस क्षेत्रका सर्वसाधारण देखि यातायातका साधन सम्मलाई सहजता भएको छ । विगतमा वर्षाको समयमा हुने हिलाम्मे र हिउँदको समयमा धुलाम्मेले सताउने बहाने बजारमा कालोपत्रेपछि थप सौन्दर्यता समेत भएको छ ।

वि.स २०६२–०६३ मा बहाने बजारसम्म जोडिएको कच्ची बाटोले त्यहाँका स्थानीयलाई केही सहज बनाएको त थियो । तर, बाटो कच्ची भएका कारण बर्खाको समयमा भने निकै समस्या थियो । बहाने बजार सडकसँग नजोडिँदासम्म हालको नौबहिनी क्षेत्रका स्थानीयले बाग्दुलाबाट आवश्यक सामाग्री र खाद्यान्न बोक्नुपर्थ्यो ।

२१ वर्ष अघि जब बहाने बजारसम्म बाटो जोडियो तब बहाने मात्र नभई डाम्री, लिघा, स्याउलिवाङ, खवाङ, फोप्ली र लुङका स्थानीयलाई बाग्दुला विजुवार धाउन परेन ।

२१ वर्ष अघि जब बहाने बजारसम्म बाटो जोडियो तब बहाने मात्र नभई डाम्री, लिघा, स्याउलिवाङ, खवाङ, फोप्ली र लुङका स्थानीयलाई बाग्दुला विजुवार धाउन परेन । २०५१ साल देखी पसल गर्दै आएका स्याउलिवाङ्गका दिबु बुढा मगरले सडकले बहाने जोडेसँगै त्यति वेलाको रौनक छुट्टै आएको सम्झिए । धाईरे, माक्रे, चितचौर लगायतका स्थानमा अस्थायी पसल समेत चलाएका बुढा मगरले ती दिन कथाजस्तै लाग्ने बताए ।

स्थानीय तहपछि थप चहलपहल

सडक सञ्जालमा २०६२ सालमा जोडिएपछि चहलपहल आएको बहाने बजार भूगोलको बनावटको हिसाबले त्यस क्षेत्रका गाउँहरूको अनिवार्य प्रवेश विन्दु हो । साबिक फोप्ली बाहेक अन्य ठाउँमा जान बहाने पुग्नु अनिवार्यजस्तै छ । बहानेमा सडक पुगेको १० बर्सपछि नेपालको नयाँ संविधान बन्यो र देश सङ्घीय संरचनामा गयो । नौबहिनी गाउँपालिकाको केन्द्र भएपछि बहाने बजार व्यापारिक मात्र होइन प्रशासनिक केन्द्र पनि बन्न पुग्यो र थप चहलपहल सुरु भयो । २०७४ को स्थानीय तहको निर्वाचनपछि स्थानीय तह बनेपछिको चहलपहलमा थप रौनकता थपियो ।

१ करोड १० लाखमा कालोपत्रे

बहाने बजार क्षेत्र १ करोड १० लाख लागतमा कालोपत्रे भएको नौबहिनी गाउँपालिकाका असिस्टेन्ट सब इन्जिनियर रुद्र केकेले जानकारी दिए । बहाने बजार क्षेत्र हुँदै लुङ, तुषारा मोटरबाटो, बहाने, लिघा हुँदै फाउने पोखरी मोटरबाटो स्तरोन्नति गर्नको लागि आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय तह र प्रदेश सरकार समपुरक योजना बाट ५०-५० प्रतिशत लागतमा निर्माण भएको नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बताए ।

त्यस अन्तर्गत गत आर्थिक वर्षमा बहाने बजार हुँदै पालिकाको भवनसम्म र शाईन रेसुङ्गा बैङ्कबाट लुङ, तुषारा जाने मोटरबाटोतर्फ लुङ खोलासम्म कालोपत्रे गरिएको छ । कालोपत्रे गर्नको लागि ब्ल्याक ग्रिक कन्स्ट्रक्सन कम्पनीले जिम्मा लिएको थियो ।

बजार कालोपत्रे भएपछि हिलाम्मे र धुलाम्मे नहुनुका साथै सरसफाइमा समेत सहयोग पुगेको आइविर थापाले बताए । “पहिले हिलाम्मे र धुलाम्मेले बजार प्रदूषित हुन्थ्यो” आईविरले भने– “अहिले बजार कालोपत्रे भएपछि सुन्दरताको रूपमा झल्किएको छ ।”

सडक कालोपत्रे गर्ने कार्यलाइ आगामि दिनमा निरन्तरता दिइने गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आजको राशिफल: २०८१ आश्विन ३ बिहिवार

मेष प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला...

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू भएको...

आजको राशिफल: २०८१ आश्विन २ बुधवार

मेष आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । खर्चिलो यात्रा हुनसक्छ । शत्रुपक्ष पनि सबल...

प्यूठानको विकासमा योगदान दिनेछु : मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले छिमेकी जिल्ला भन्दा...

आजको राशिफल : २०८१ असोज १ मंगलवार

मेष उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि...