News Portal

रेडियो सुन्नुहोस्

गोबिन्द अनेकको मौलिक तीज गीत बरिलै सार्वजनिक

झुलेनी नेटवर्क२०८१ श्रावण १५
२१८ पटक
२०८१ श्रावण १५

तीजलाई लक्षित गरिएका गीतहरु यतिबेला सार्वजनिक हुने क्रम बढीरहेको छ । योसँगै बिकृतीजन्य गीतहरु सार्वजनिक गर्ने होडबाजी नै देखिएको छ । तर, यहि भीडमा पनि तीजको मौलिकता र मर्म बोकेको गीत पनि सार्वजनिक भएको छ । बहुप्रतिभाशाली संगीतकर्मी गोबिन्द अनेकले मौलिक तीज गीत ‘बरिलै बरिलै, यस्तै रैछ छोरीलै’ सार्वजनिक गरेका हुन् । गीतका लागि शब्द, संगीत र संगीत संयोजन समेत स्वयम् गोबिन्द अनेकले गरेका हुन् ।

लोकप्रिय गायिकाहरु शान्तिश्री परियार, सुनिता बुढा क्षेत्री, समीक्षा अधिकारी र बोमकुमारी बिकको सुमधुर स्वर सुन्न सकिन्छ । तीजको वास्तविक मर्म बोकेको यस गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।

गीतको भिडियोमा रोशनी कार्की, सरिता ढुंगाना (जुनकीरी) र जुना गुरुङको जीवन्त अभिनय रहेको छ । सुनिल बिकको निर्देशनमा बनेको भिडियोमा रोशन विश्वकर्माले नृत्य निर्देशन गरेका हुन् । बासु न्यौपानेले छायांकन गरेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

गीतमा वर्ष दिनको तीजमा पनि माइती पुग्न नपाएका चेलीका वेदना र बिलौनाका कथा बुन्ने प्रयत्न गरिएको छ । गीतलाई आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका गीतकार तथा संगीतकार अनेकले भने – “तीज पर्व भन्नेबित्तिकै नारी वेदना र संवेदनाका कुराहरू जोडिने गर्छ, विशेष गरेर नेपाली समाजका नारीहरुले भोग्ने गरेका पिर व्यथा, अप्ठ्यारा परिस्थिति, अवहेलना र नारी विभेदका केही अंश यो सृजना मार्फत देखाउने कोशिष गरेका छौं ।”

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आत्महत्या रोकथामका लागि सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न

आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न जिल्ला स्थित सरकोरवालाहरु एकमत भएका छन् । जिल्लामा आत्महत्याका घटनाहरु...

आजको राशिफल: २०८१ मंसिर ८ शनिवार

मेष कार्यक्षेत्रमा राम्रो मानसम्मान पाइनेछ। पहिला बिग्रेका कार्यहरूलाई सुधार गर्न अनुकूल समय रहेको छ। कार्यक्षेत्र...

बाग्दुला–मच्छी सडक स्तरोन्नति हुँदै

प्युठानको बाग्दुला–मच्छी सडक खण्ड स्तरोन्नति थालिएको छ । बुधवारदेखि  दैनिक ११ घण्टा सडक बन्द गरेरै...

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम...